बैंककमा जारी यू २२ बक्सिङ च्याम्पियनसिपको प्रीक्वाटरमा ईन्द्र सुनारको जित

पोखरा स्पोर्टस । थाईल्याण्डको राजधानी बैंककमा जारी एएसबिसी अन्डर २२ बक्सिङ च्याम्पियनसिप खेल अन्तर्गत ५७ केजी तौल समुहका नेपाली मुक्केबाज ईन्द्र बहादुर सुनारले जित हासिल गरेका छन् ।

आज उद्घाटन सत्र पश्चात् सुरुभएको प्रीक्वाटर क्वाटर खेलहरु मध्ये ५७ केजी तौल समुहमा नेपाली मुक्केबाज ईन्द्र बहादुर सुनारले लाओसका खेलाडी सोक्साखुनलाई (यूनानिमस) ५.० अंकको आधारमा जित हासिल गरेका हुन् । यो जित संगै सुनार क्वाटर फाईनल प्रबेश गरेकाछन् । सुनारले क्वाटर फाईनल खेल मङ्गोलियन मुक्केबाज गन्तुमार लुण्डासंग खेल्नेछन् ।

नेपालबाट सहभागी दुई खेलाडी बिजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) सेमिफाइनलमा प्रबेश भैसकेका छन् । उनिहरुले क्रमश इन्डोनेसियाका खेलाडी मोसकिता माईकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसंग खेल्नेछन् ।

भोली जवनरी १९ तारिखमा महिला ४८ केजी तौल समुहकी सुस्मा तामाङले भेतनामकी क्यूनहानसंग र महिला ५७ केजी तौल समुहकी हेमा राईले सिङ्गापुरकी चौउजीमिन बेर्नेससंग क्वाटर फाईनल खेल खेल्नेछिन ।

पुरुष तर्फ ४८ केजी तौल समुहका खेलाडी लाल प्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चर संग जनवरी २० तारिखमा क्वाटर फाईनल खेल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close