
पोखरा, ९ चैत ।
नेपाल सरकारका यूबा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा सुनारले शनिबार पोखरा रंगशाला स्थित निर्माणाधिन फुटबल प्यारापिटको निरिक्षण भ्रमण गरेका छन ।
सो अबसरमा मन्त्रि विश्वकर्माले निर्माण कम्पनी एम ए कन्सट्रक्सनका ठेकेदारहरुलाई भेटेर निर्माण हुन लागेको काम तोकिएको समयावधी असार मसान्त सम्म सक्न पुनः निर्देशन दिएका छन । केही दिन अघि शिलान्यास गर्ने बेलामा समेत मन्त्रि विश्वकर्माले यस्तै प्रकारले निर्माण कम्पनीका ठेकेदार र कार्यरत प्राविधिकहरुलाई निर्देशन दिएका थिए ।

मन्त्रि विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा महिला फुटबल गर्ने भएकोले पनि यो समग्र प्रदेशका जनताहरुको प्रतिष्ठाको विषय भएकोले इमान्दारपूर्वक दिनरात नभनी काम सक्न उनले आग्रह गरेका हुन । उनले निर्माण कम्पनी तर्फ इंगित गर्दै भने–‘लक्षित समयमा काम सक्नुहोस, नेपाली महिला फुटबल खेलाडीहरुले आफ्नो होम ग्राउण्डमा प्रेक्टिस म्याच खेल्न सकुन, र हामी आयोजकको हिसाबले पनि महिला फुटबलमा पदक जित्नु छ ।’
मन्त्रि विश्वकर्माले ठेकेदार कम्पनीमा कार्यरत प्राविधिकहरुलाई गुणस्तरिय काम गर्न आग्रह गर्दै अन्तिम समयमा प्राविधिकहरुले चेक जाँच गर्दा कुनै खोट देखिने काम नर्गन नहुने उनले बताए । जसरी वर्तमान सरकार देश बनाउने अभियानमा लागेको छौं त्यो अभियानको मुख्य जिम्मेवार व्यक्तिनै प्राविधिकहरु रहेको बताउँदै भने–‘जसरी समाजले प्राविधिक र चिकित्सकहरुलाई समाजले हेर्ने नजर असल हुन्छ त्यस्तै जिम्मेवार र मर्यादित नागरिक बनेर उदाहरणका रुपमा प्रस्तुत हुन म आग्रह गर्छु ।’

पोखरा रंगशालमा राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकु्दका अध्यक्ष याम गुरुङ कर्मचारीहरु लगाएतले स्वागत गरेका थिए ।
शनिबार नै मन्त्रि विश्वकर्माले पोखरा महानगर पालिका १९ स्थित सोही वडाका वडा अध्यक्ष शोभामोहन पौडेलको घरमा पुगेर उनकी ममतामयी आमा पार्वती पौडेलप्रती श्रद्धाञ्जली व्यक्त गरेका छन । महानगरका सचेतक समेत रहेका पौडेलकी ममतामयी आमा पार्वतीको ८२ वर्षको उमेरमा यहि चैत ५ गते निधन भएको थियो ।
मन्त्रि विश्वकर्मा आजनै स्याङजा हुँदै वुटवल तर्फ प्रस्थान गरेका छन । उनले आइतबार प्रदेश ५ को नेपालगञ्जमा आयोजना हुने ८ औं राष्ट्रिय खेलकुद पूर्वाधारहरु निर्माणको समेत निरिक्षण गर्ने लगतै काठमाण्डौ फर्केर परिषदको बैठक पछि मिती घोषणा गर्ने तयारी भएको पोखरा स्पोर्टसलाई बताएका छन । आइतबार मन्त्रि विश्वकर्माले प्रदेश ५ का मुख्य मन्त्रि शंकर पोख्रेल संग पनि भेटघाट गर्नेभएका छन ।
