एनएसजेएफ गण्डकीले स्थापना दिवस मनाउने

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी (एनएसजेएफ)ले पाँचौं स्थापना दिवस मनाउने भएको छ ।

मञ्चको शनिबार पोखरामा बसेका तिसौं कार्यसमिति बैठकले यही साउन २३ गते मंगलबार पाँचौ स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

पोखरा–२२ स्थित कालावाङ घरेडी होमस्टेमा एक कार्यक्रमका विच स्थापना दिवससंगै ‘सातौं पोखरा स्पोर्टस् अवार्ड–२०८०’ को पनि समिक्षा गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

मञ्चले गत बैशाख २३ गते ‘पोखरा स्पोर्टस् अवार्ड २०८०’ मा विभिन्न सात विधामा अवार्ड प्रदान गरेको थियो ।

यसअघि २०५२ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका नाममा स्थापना भएको मञ्च २०५७ सालमा गण्डकी प्रदेशका नामबाट दर्ता भई स्पोर्टस् अवार्डसहित विभिन्न गतिविधि गर्दै आइरहेको छ । मञ्चमा ७४ जना सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close