रणदीपलाई करातेमा कांस्य

पोखरा, २२ असार । नेपाली कराते खेलाडी रणदीप गोलेले मलेसियामा जारी बीसौं अन्तर्राष्ट्रिय मिलो कराते च्याम्पियनसिपमा कांस्य जितेका छन् । उनले पुरुष एकल कातामा नेपाललाई कांस्य दिलाएको अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ (आईएमए) का अध्यक्ष समेत रहेका टोली नेता प्रकाश श्रेष्ठले जनाएका छन् ।

अध्यक्ष श्रेष्ठका अनुसार रणदीपले फिलिपिन्स, भारत र मलेसियाका खेलाडीलाई हराएका थिए । मलेसियाको क्वालालम्पुरमा जुन ६ र ७ तारिखमा भएको प्रतियोगितामा रणदीपसहित ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । अजय मगर, कमल दर्जी र सुजन विश्वकर्मा भने पदक विहीन रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close