
पोखरा स्पोर्टस । ऐतिहासिक तथा धार्मिक केन्द्रको रुपमा रहेको गोरखामा म्याराथन (४२.१९५ किमि) दौड हुने भएको छ ।
गोरखा जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । म्याराथन दौड बारे जानकारी दिंदै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले गोरखा जिल्लामा नै पहिलो पटक खुल्ला म्याराथन दौड आयोजना गरिएको पोखरा स्पोर्टसलाई बताए ।
आगामी २०८० पुष १ गते तय गरिएको उक्त प्रतियोगिताको प्रारम्भिक तयारी सुरु गरिएको जानकारी दिंदै अध्यक्ष बस्नेतले म्याराथन दौड गोरखा मनकामना मन्दिरबाट सुरु भएर गोरखाकै अर्को धार्मिक केन्द्रको रुपमा स्थापित गोरखा कालिका मन्दिरमा पुगेर सम्पन्न हुनेछ ।
उक्त म्याराथन दौडमा गोरखाको शहिद लखन गाउँपलिका र गोरखा नगर पालिकाको रुट प्रयोग गरिनेछ । खेलकुद मार्फत दुई महत्वपूर्ण धार्मिक केन्द्रहरुको प्रचार प्रसार संगै समग्र गोरखा जिल्लालाई खेलकुद केन्द्रको रुपमा विकास गर्न तथा यूवा खेलाडी उत्पादनका लागि म्याराथन दौडले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष बस्नेतले बताए ।
करिव ३० लाख खर्च अनुमान गरिएको उक्त म्याराथनका लागि पुस्कार राशी घोषणा केही दिनमा गरिने अध्यक्ष बस्नेतले जानकारी दिए ।

Highly appreciable plan by the Gorkha games develop committee. Wish for a grand success!
I want to more information for manakamana to gorkha durbar marathon give me information thank you.
It will take place in Poush 1, 2080