१२ औं हिसान स्पोर्ट्स मिट जारी छात्रा भलिबलमा न्यू ग्यालेक्सी र केफ भिड्ने, टेवुल टेनिस सम्पन्न

पोखरा, ५ माघ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको “१२ औं हिसान कास्की स्पोर्ट्स मिट–२०७५” अन्र्तगत छात्रा–छात्र भलिबल, छात्रा–छात्र बास्केटबल र छात्रा–छात्र टेबुल टेनसका खेलहरु पोखरा रंगशालामा जारी रहेका छन ।

शनिबार सम्पन्न छात्र भलिबलतर्फ स्पाइरल ग्यालेक्सी, मेरिगोल्ड माबी, पोखरा मल्टिमोडल, र पोखरा माबीले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेका छन । छात्रा तर्फ भलिबलमा केफ र न्यू ग्यालेक्सी फाइनलमा प्रवेश गरेका छन । न्यू ग्यालेक्सीले सृजनालाई २५–१२ र २५–२२ ले तथा केफले कास्की मोर्डनाइज्डलाई २५–९ र २५–१० ले पराजित गरि फाइनल यात्रा तय गरेका हुन ।

यस अघि भएका छात्र भलिबल क्वाटरफाइनलमा स्पाइरलले न्यू ग्यालेक्सीलाई २५–१८ र २५–२० को अंकले, मेरिगोल्डले मदरल्याण्डलाई २५–१७ र २५–२० ले पोखरा मल्टी मोडलले प्रतिभा माबीलाई २५–१५ र २५ –१७ ले र पोखरा माबीले केफलाई २५–२७, २५–१६ र २५–२३ ले पराजित गरेका थिए ।

यसै गरि छात्र बास्केटबलमा न्यूग्यालेक्सीले माउन्ट अन्नपूर्ण र पोखरा उच्च माबीले प्रतिभालाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका छन । यस अघि सम्पन्न छात्र बास्केटबलमा पोखरा उच्च माबीले कास्की मोर्डनाइज्डलाई ४८–२० ले, प्रतिभाले ग्लोबललाई ३७–२३ ले पराजित गरेका थिए ।

शनिवारनै छात्रा तर्फको सम्पन्न बास्केटबलको सेमिफाइनलमा माउन्ट अन्नपूर्णले लिटिल स्टेपलाई २५–९ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ भने न्यू ग्यालेक्सीले सगरमाथालाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

कलेज तर्फको छात्र बास्केटबलमा लिंकन इन्टरनेशनल कलेज प्रथम भएको छ भने इन्फरमेटिकस कलेज दोश्रो र पोखरा कलेज अफ म्यानेजमेन्ट तेश्रो भएको छ । छात्रा तर्फ लिंकन इन्टरनेशनल कलेज प्रथम भएको छ भने इन्फरमेटिकस कलेज दोश्रो र पोखरा कलेज अफ म्यानेजमेन्ट तेश्रो भएको छ ।

यसै गरि टेबुल टेनिस तर्फ छात्रा सिंगलसमा पोखरा उच्च माबीकी सबिता गौतमले प्रथम स्थान हासिल गरिन । त्यसै गरि दोश्रो र तेश्रो स्थानमा क्रमश सगरमाथाकी अपेक्षा थापा, सृजनाकी कल्पना थापा र प्रतिभा माबीकी रोशनी कुंवर भएका छन ।

छात्र सिगल्समा वेलनन माबीका नविन गुरुङ प्रथम, सगरमाथाका प्रज्वल केसि द्वितिय, स्टेप बाई स्टेपका एलिश ढकाल र सोही विद्यालयका प्रताप खड्कालो तृतिय स्थान हासिल गरेका छन ।

छात्रा टेबुल टेनिस डबल्समा पोखरा उच्च माबीका सरिता गौतम र सदिक्षा राणाको जोडी प्रथम, प्रतिभाका रोशनी कुवर र सविना क्षेत्रीको जोडी द्वितिय र सृजना माबीका कल्पना थापा र नम्रताको जोडी चालिसे तथा स्टेप वाई स्टेपका जिना परियार र शिम्रन बिकको जोडीले तेश्रो स्थान हात पारे ।

यसै गरि छात्र डवल्समा वेलननका नविन गुरुङ र राहुल सुनारको जोडी प्रथम भएको छ । खेलमा पश्चिमाञ्चलका धन थापा र कबिर श्रेष्ठको जोडी द्वितिय र पोखरा यूनाइटेडका विमल मरहट्टा र कबिर मरहट्टा तथा ग्लोवल कलेजियटका अमृत पून र शुसान पूनको जोडीले तृतिय स्थान हात पारे ।

कास्कीमा उच्च शिक्षा अध्यापन हुने ६२ विद्यालय र कलेजहरु आवद्ध रहेका मध्ये ५० भन्दा वढी विद्यालय तथा कलेजहरु ८ हजार विद्यार्थीहरुले स्पोर्टस मिटमा सहभागिता जनाएको हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले बताए । प्रतियोगिता माघ ६ गते आइतबार सम्पन्न हुने सचिब दिवाकर जैशीले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close