मञ्चका सहकोषाध्यक्ष बरुवाललाई मातृ शोक

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपुर्व खेलाडी मञ्चका सहकोषाध्यक्ष एवम कास्की जिल्ला एथलेटिक्स संघका अध्यक्ष हरि बरुवाललाई मातृ शोक परेको छ ।

पोखरा १९ निवासी बरुवालकी आमा विष्णुमायाँ बरुवालको आज आइतबार साँझ निधन भएको हो । ७६ वर्षिया विष्णुमायाँ केही दिन यता अस्वस्थ रहनु भएको थियो ।

उहाँको चार छोरा र दुई छोरी रहेका छन् । उहाँको अन्तिम संस्कार सोमबार गरिने भएको पारिवारिक श्रोतले जनाएको छ ।

सहकोषाध्यक्ष बरुवालको आमाको निधनमा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले गहिरो दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close