युएईका कप्तान ‘वसीम’ मे महिनाको उत्कृष्ट पुरुष क्रिकेटर

पोखरा स्पोर्टस । युएईका कप्तान मुहम्मद वसीम मे महिनाको उत्कृष्ट पुरुष क्रिकेटरको अवार्ड जितेका छन् ।

आइसीसीले वसीम मे महिनाको लागि आइसीसी पुरुषतर्फ उत्कृष्ट खेलाडीको अवार्ड जितेको जानकारी दिएको छ ।

वसीमको नेतृत्वमा युएईले आफ्नो टोलीलाई बंगलादेशविरुद्धको सिरिजमा ऐतिहासिक जित दिलाएका थिए ।

युएईले बंगलादेशविरुद्धको सिरिज २–१ ले जित्दा वसीमले तीन खेलमा १६६.६६ को स्ट्राइक रेटमा १४५ रन बनाएका थिए । उनी यस सिरिजको प्लेयर अफ द सिरिज पनि बनेका थिए ।

उनले स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन र अमेरिकाका मिलिंद कुमारलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

वसीमले यो सम्मान जितेको यो दोस्रो पटक हो, उनको यसअघि अप्रिल २०२४ मा पनि आसिसी पुरुष क्रिकेटरको अवार्ड जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close