राष्ट्रिय पुरुष भलिबल : गण्डकी, आर्मी र पुलिस सेमिफाइनलमा

पोखरा स्पोर्टस । गण्डकी, नेपाल आर्मी र नेपाल प्रहरी प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिगमा आर्मीले गण्डकी प्रदेशलाई २५–१०, २५–१७ र २७–२५ को सोझो सेटमा पराजित गरेको हो । जितसंगै आर्मी समूह विजेता बन्यो । गण्डकी पराजित भए पनि समुहको उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न सफल भयो ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा नेपाल पुलिसले सुदूरपश्चिम प्रदेशलाई सीधा सेटमा २५–१६, २५–१७ र २५–१६ ले हरायो । प्रहरी समूह ‘बी’ को विजेता बन्यो । ३ टिम रहेको समूहमा प्रहरीले उद्घाटन खेलमा एपीएफलाई मंगलबार ३–० ले हराएको थियो ।

बिहीबार एपीएफ र सुदूरपश्चिमबीच हुने लिगको अन्तिम खेलबाट सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close