
पोखरा स्पोर्टस । पोखरामा जारी गण्डकी प्रदेश पिएम कप महिला टि २० क्रिकेट छनौटमा कास्की र स्याङजाको जित दर्ता गरेका छन् ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा स्याङजाले आफ्नो दोश्रो खेल जितेको हो । पहिलो खेलमा कास्कीले पर्वतलाई नौ विकेटले पराजित गरेको छ । खेलमा पहिलो ब्याटिङ गरेको पर्वत १०.५ ओभरमा अलआउट हुदै जम्मा २६ रनमा सिमित भएको थियो ।
२८ रनको विजय लक्ष्य पछ्याउदै मैदान छिरेको कास्कीले २.४ ओभरमा एक विकेट गुमाउदै २७ रन जोड्दै लक्ष्य पुरा गरेको थियो । खेलमा कास्कीकी पुर्णिमा गुरुङ प्लेयर अफ दि म्याच घोषित भइन् । यो संगै पर्वतले लगातार दोश्रो हार व्यहोरेको छ । यस अघिस्याङजाले पर्वतलाई २११ रनले पराजित गरेको थियो ।
स्याङजाले जारी प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । स्याङजाले पारिको सुरुवात गर्दै २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १३३ रन जोडेको थियो । १३४ रनको विजयी लक्ष्य पछ्याउदै मैदान छिरेको नवलपुर १४.२ ओभरमा अलआउट हुदै ४३ रन मात्रै बनाउन सक्यो ।
प्रतियोगितामा कास्की, पर्वत, स्याङजा र नवलपुर गरि चार जिल्लाको सहभागिता रहेको छ ।
तस्विर योगेन्द्र श्रेष्ठ
