
पोखरा, खेलकुद बिकास बिधेयक २०७५ राष्ट्रियसभाबाट पुनः पारित भएको छ । खेलकुदको बिकास तथा नियमनका लागि बनेको बिधेयक–२०७५ मा राष्ट्रियसभाले करिव ६ महिना लगाएर बिधेयक पारित गरेको हो ।
बुधबार राष्ट्रिय सभाको बैठकमा छलफल पछि यसलाई पारित गर्दै अव प्रमाणिकरणको लागि राष्ट्रपतीकोमा पठाइने भएको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले २०७५ फागुनमा राष्ट्रिय सभामा यो विधेयकलाई प्रस्तुत गरेका थिए ।
राष्ट्रिय सभा हुँदै प्रतिनिधी सभामा छलफल सहित केही संसोधन पश्चात यो विधेयक पुनः राष्ट्रिय सभामा पुगेको थियो । प्रतिनिधिसभाको शिक्षा तथा खेलकुद उपसमितिले आवश्यक संशोधनसहित गत २०७५ माघमा बिधेयक पारित गरेको थियो । दुवै सदनले विधेयकमा आवश्यक छलफल पछि भएको संसोधनमा राष्ट्रपतीले प्रमाणीकरण गरे पछि लागु हुनेछ ।
यसै विच राष्ट्रिय सभा बाट विधेयक पारित भएपछि प्रतिक्रिया दिंदै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले खेल क्षेत्रमा ऐतिहासिक उपलव्धी हासिल भएको बताएका छन ।
खेल क्षेत्रमा लामो समय देखि वल्झिएका समस्या र चुनौतीहरु लाई समाप्त पार्दै नयाँ अभिभाराका साथ खेलकुदको गति अगाडी बढ्ने मन्त्री विश्वकर्माले बताए । उनले भने–“हामी लामो समय देखि खेलकुदमा भएका विकृतीहरुका विच काम गरेका थियौं, जुन निकै चुनौतीपुर्ण थियो, अव ति सबै यो ऐनले निर्मुल गर्नेछ ।”
नयाँ विधेयकले नेपालको संघिय संरचना हनुरुप खेलकुदको विकास गर्न निकै सहयोग पुग्ने मन्त्री विश्वकर्माले बताए । ऐनले खेलाडीको सेवा सुविधा संगै एक खेल एक संघ संगै खेलकुद भित्र आर्थिक पारदर्शिता र सुशासन कायम गर्न ठुलो भुमिका खेल्ने उनले बताए । अव सबै खेलाडी, खेल संघ र पदाधिकारीहरुको अुनगमन र नियमन गर्न समेत नयाँ ऐनले सहज हुने उनले बताए ।
राष्ट्रिय खेलकुद परिषदको नेतृत्वका लागि प्रतिष्पर्धा संगै खेल क्षेत्रमा लागेकाहरुलाई प्राथमिकता दिन अव सहज हुने बताए । “अव खेल क्षेत्र बाट आएका क्षमतावानहरुले राष्ट्रिय खेलकुद परिषदको नेतृत्व लिनेछन, हिजोको जस्तो सदस्य सचिबको एकल निर्णय होइन ७ जनाको अधिकार प्राप्त कार्यकारिणी समितीमा निहित हुनेछ” मन्त्री विश्वकर्माले भने ।
