
पोखरा, २२ पुस ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले यहि माघ १५ गते बाट पोखरामा आयोजना गर्ने छैटौं संस्करणको अन्तर्राष्ट्रिय मनकामना केबुलकार कप २०७५ सफल बनाउन एन्फा कास्कीका उपाध्यक्ष हरी खड्काको अध्यक्षतामा ५ सय ५१ सदस्यिय मुल आयोजक समिती गठन गरिएको छ ।
त्यसै गरि कास्कीमा विभिन्न क्लबहरुलाई समेटेर भने ५१ सदस्यिय आयोजक तथा कार्य सम्पादनका लागि विभिन्न २२ उपसमिती गठन गरिएको छ ।
दुई वर्ष रोकिएर निरन्तरता दिन थालिएको गठित अर्थ संकलन उपसमिति संयोजकमा जगत थापा, खेलमैदान तथा प्याराफिट ब्यबस्थापनमा बिश्व तन्डुकार, स्वयंसेवक ब्यबस्थापन उपसमिति संयोजकमा सुबास गुरुङ, अतिथि सत्कार उपसमिति संयोजकमा मदन के सि, लेखा समिति संयोजकमा सुक बहादुर गुरुङ र प्रचार प्रसार उपसमिति संयोजकमा रमेश कार्की रहेका छन ।
त्यसै गरि सचिबालय ब्यबस्थापन उपसमिति संयोजकमा प्रीतम गुरुङ, अनुगमन उपसमिति संयोजकमा धरम बहादुर लामिछाने, आयोजक टिम ब्यबस्थापनमा स्नर गुरुङ, सुरक्षा ब्यबस्थापन उपसमिति संयोजकमा कुमार गुरुङ, टिकट ब्यबस्थापन उपसमिति संयोजकमा लाल काजी श्रेष्ठ, होटल तथा यातायात ब्यबस्थापनमा हिटलर घले, ब्यानर ब्यबस्थापन उपसमिति संयोजकमा शचिन जङ्ग थापा र सास्कृतिक कार्यक्रम ब्यबस्थापनमा गज बहादुर गुरुङ लगाएत रहेका छन ।
एन्फ कास्कीले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण जिल्ला फूटबल संघ सङ आबद्ध सम्पूर्ण क्लब, एकेडेमी, फूटबल प्रेमी महानुभाब, पत्रकार, ब्यबसायी सहयोगी शुभचिन्तकहरुमा सक्रिय सहयोग र सहभागिताको लागि अनुरोध गरेको छ ।