
पोखरा, ८ पुस ।
विष्णुपादुका क्लब हेमजाको आयोजनामा सञ्चालन भएको दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगितामा आइतवार पाँच खेल सम्पन्न भएको छ ।
आइतवार भएको पहिलो खेलमा दिव्यदृष्ट वि ले एल जि एकेडेमीलाई ३–० ले पराजित ग¥यो भने भदौरेले केवी गाइजलाई २–० ले पराजित ग¥यो ।
त्यस्तै एम–१२ खेलमा सहभागित नभएपछि साझा एफसी अघिल्लो चरणमा पार गर्दै गर्दा रेस्टोरेसन चर्चले हेमजा एफसी जापानलाई ४–० ले पराजित ग¥यो । आइतवार भएको अन्तिम खेलमा डुव्रे एफसीले रत्न समाज सेवा क्लबलाई ४–१ गोल अन्तरले पराजित ग¥यो ।
सोमबार पहिलो खेल ग्रीन भ्याली र फो दु फाइव, दोस्रो खेल एलसी व्रोदर्स र हेमजा युनाईटेड वि, तेस्रो खेल युनिक एफसी र सेभेन–एट गाइज, चौथो खेल दिव्यदृष्टी ए र मालेपाटन एकेडेमी तथा अन्तिम खेल डिएफसी हेमजा र वि–१३ वि हुने विष्णु पादुका क्लबका उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको छ ।
विष्णुपादुका फुटबल एकेडेमीको सहयोगार्थमा भएको उक्त प्रतियोगिता विष्णु पादुका खेल मैदान पोखरा–२५ हेमजामा सञ्चालन भएको छ । प्रतियोगिता पुस १४ गते सम्म चल्ने छ ।
‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल उद्घोषका साथ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।