सहाराका खेलाडी फुत्त चोर्दा मनाङलाई घाटा, पहिलो खेलबाटै आउट

पोखरा स्पोर्टस/सुरज श्रेष्ठ । आज भएको खेलमा मनाङ मर्स्याङ्दीे आफ्नो होम ग्राण्डमा जम्न सकेन । ६ पटकको च्याम्पियन मनाङ पहिलो खेलबाटै बाहिरिन पुगेको छ ।

आयोजक सहाराका लागि ट्रेनिङ गरिरहेको ६ खेलाडीलाई फुत्त चोरेर लगेर तयार पारेको मनाङ अधिकाश नयाँ खेलाडीको साथ मैदान उत्रिएको थियो । टिमका अधिकांस यूवा नयाँ खेलाडी खासै जम्न सकेनन् । 

पोखरा रंगशालामा मंगलबार आयोजना भएको प्रतियोगितामा मनाङ मर्स्याङ्दीे फुटबल क्लब १–० गोलले पराजित भयो । पहिलो हाफको १८ औ मिनेटमा एक गोलले पछाडी परेको मनाङलाई पाहुना टोली अमेरिकाको भुटनिज यूथ क्लब बिवाईएसीले आक्रमक खेल्न स्पेस नै दिएनन ।

खेलको १८ औ मिनेटमा बिवाइएसीका प्रबिन बस्नेतले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । उनले हेक्टर ओटेगाले प्रहार गरेको एअर बललाई नियन्त्रणमा लिई दोस्रो बार चेप्दै प्रहार गरेको बलले जाली चुमेको हो ।

आजको खेलमा बिवाइएसीका डिफेन्डर हेक्टरले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । प्रशिक्षकले उनलाई कि प्लेएरका रुपमा प्रस्तुत गरेको देखिन्थ्यो । उनले त्यो भुमिका जमेर निभाए पनि ।

३६ औ मिनेटमा मनाङका सुमित श्रेष्ठले लगभग २८ यार्डबाट गरेको प्रहारलाई बिवाइएसीका गोलकिपर पुजन थापा मगरले विफल तुल्याएका थिए ।

आज नै नयाँ प्रशिक्षकसहित नयाँ सिजनको लागि टिमको घोषणा गरेको मनाङ तयारी बिना मैदानमा उत्रिएको थियो । त्यही भएर पनि सेट नभइसेको मनाङका खेलाडीहरुले उनीहरुलाई दबाबमा राख्न सकेनन । एक गोलले पछि परेको मनाङ दोस्रो हाफमा आक्रमक रणनिति बुनेर मैदान छिरेको थियो । तर उनीहरुलाई पाहुना टोलीले आक्रमक खेल्ने स्पेस नै दिएनन ।

२६ औ मिनेटमा बिवाइएसीका थोमस स्याकरले डिबक्स भित्र बाट गरेको प्रहार गोलकिपर दिप कार्कीले सहजै क्याच गरेका थिए ।

यता ठूलो रकम खर्चिएर नेपाल खेल्न आएका बिवाइएसीका प्रशिक्षक प्रदिप हुमागाईले आजको खेलमा हाम्रा खेलाडीहरुले हाईटको पुरै एडभान्टेज लिएको बताए । १२ लाख पुरस्कार राशी जित्न अमेरिकाबाट ४ करोड खर्चिएर टिम नेपाल आएको हो । आजको बिवाइएसीका गोलकर्ता प्रबिन बस्नेत म्यान अफ दि म्याच घोषित भए ।

अब बिवाइएसीले पुस २१ गते चर्च ब्वाइज युनाइटेट फुटबल क्लब संग भिडने छ । भोलि पहिलो सेमिफाइन खेल संकटा र एपिएफ बिच रहेको छ ।
तस्विरः योगेन श्रेष्ठ/पोखरा स्पोटस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close