‘ए’ डिभिजन लिग फुटबलः व्रिगेड व्वाइज र एनआरटीले अंक बाँडे

पोखरा स्पोर्टस । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) ले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो । खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

योसँगै ब्रिगेडले दुई खेलमा ४ अङ्क जोडेको छ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै, एनआरटीको यो पहिलो एक अङ्क हो । पहिलो खेलमा एनआरटी साबिक विजेता मच्छिन्द्र एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो । खेलमा ब्रिगेडका शिशिर लेखी ‘म्यान अफ दी म्याच’ घोषित भए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close