
पोखरा, १८ मंसिर ।
मोआथाई एशियन च्याम्पियनशिप २०१८ मा सहभागी हुन नेपाली मोआथाई खेलाडी टोली मंगलबार मकाउ तर्फ प्रस्थान गरेको छ । २०७५ मंसिर १९ देखि २८ गते सम्म आयोजना हुने उक्त प्रतियोगिताको नेतृत्व पश्चिमाञ्चल क्षेत्रिय खेलकु्द बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले गरिरहेका छन । उनी मोआथाई खेलका अन्तर्राष्ट्रिय निर्णायक एवम नेपाल मोआथाई संघका कोषाध्यक्ष समेत हुन ।
नेपाल बाट सहभागी हुन जाने ३ जना खेलाडीमा २ पुरुष र एक महिला खेलाडी रहेका छन । महिला ५० केजी तौल तर्फ तुलसी थापा र पुरुष तर्फ ५५ केजीमा कमल क्षेत्री र ६० केजी तौलमा हरी केसीले प्रतिष्पर्धा गर्ने भएका छन । महिला खेलाडी थापा नुवाकोटकी हुन भने पुरुष तर्फका क्षेत्री पोखराका र केसी नुवाकोटका हुन ।
प्रतियोगितामा प्रशिक्षकको भूमिका मुआथाइका प्रमुख प्रशिक्षक दिपक गोदार रहेका छन भने टिम म्यानेजरमा नेपाल मोआथाई संघका महासचिब सुदिप पण्डित रहेका छन । मकाउ तर्फ हिंडेको टोलीलाई संघका केन्द्रिय अध्यक्ष भिमसिंह गुरुङले बिदाई गरेका थिए । नेपाली मोआथाई टोली यहि मंसिर ३० गते नेपाल फर्कने कार्यक्रम रहेको जनाइएको छ ।