न्यू ग्यालेक्सी र पोखरा एकेडेमी हङकङ ब्यूटि यू–१९ महिला ह्याण्डबल प्रतियोगिताको फाईनलमा

पोखरा १४, मंसिर ।
न्यू ग्यालेक्सि स्कुल र पोखरा एकेडेमी प्रथम हङकङ व्यूटि १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१९) महिला ह्याण्डबल प्रतियोगिताको उपाधिको लागि फाईनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएकाछन ।

सुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा पोखरा एकेडेमीले लिटिल स्टेप स्कुललाई र अर्को खेलमा न्यू ग्यालेक्सिले लेट्स प्ले ह्याण्डवलको समुहलाई पराजित गर्दै फाईनलमा यात्रा बनाएका हुन। पोखरा एकेडेमीले लिटिल स्टेप बिरुद्ध ८–२ को गोल अन्तरले पराजित गर्दा अर्को खेलमा भने न्यू ग्यालेक्सिले ४–३ को झिनो गोल अन्तरले पराजित गरेको हो । शनिबार दिउँसो २ बजे पछि फाईनल खेल हुने भएको आयोजक कास्की जिल्ला ह्याण्डवल संघले जनाएको छ ।

त्यसै गरी सुक्रबार भएको लिग चरणको खेलमा लिटिल स्टेपले रेन्वो एकेडेमीलाई १३–३ को फराकिलो गोल अन्तरले पराजित गर्दा अर्को खेलमा भने न्यू ग्यालेक्सिले माउन्ट अन्नपुर्णलाई ६–४ को गोल अन्तरले पराजित गरेको हो ।

पोखरामा रहेको हङकङ व्यूटि ईन्स्टिच्यूट प्रा.लि.को मुख्य प्रायोजनमा लिग कम नकाउटका आधारमा पोखरामा हुने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको संघ कास्कीका सचिव टेक बहादुर गुरुङले बताए ।

प्रतियोगितामा विजेताले १० हजार र उपबिजेताले ५ हजारको साथमा ट्रफी मेडल प्रमाण–पत्र प्राप्त गर्ने भएकाछन। समुह ए तर्फ लिट्र्स प्ले ह्याण्डवल, लिटिल स्टेप र रेन्वो एकेडेमी रहेकाछन भने समुह बि तर्फ पोखरा एकेडेमी, न्यू–ग्यालेक्सि र माउन्ट अन्नपुर्ण रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close