
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फुलकन्ट्याट कराँतेबाट रुपक नेपालीसहित १२ खेलाडी छनोट भएका छन् ।
पोखरा रंगशालामा शनिबार सम्पन्न भएको छनोट प्रतियोगितामा सहभागि कुल ७० जनाबाट उनीहरु छनोट हुन सफल भएका हुन् । प्रदेशस्तरिय प्रतिष्पर्धाका लागि छनोट भएका खेलाडीमा पुरुषतर्फ ७ र महिलातर्फ ५ खेलाडी गरी कुल १२ खेलाडी रहेको फुलकन्ट्याक्ट छनोट समितिका संयोजक सुभास खडकाले बताएका छन् ।
छनोट हुन सफल खेलाडी मध्ये रुपक नेपाली खुल्ला तौलतर्फ रहेका छन् । उनी आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता समेत हुन् । त्यस्तै महिला खुल्लातर्फ मेरिना गुरुङ छनोट भएकी छन् ।
पुरुषतर्फ ४० केजी तौलमा अभिषेक तामाङ, ४५ केजीमा आयुष सुनार, ५० केजीमा अनिश वुढा मगर, ५५ केजीतर्फ जिवन गुरुङ, ६० केजीमा मोशेस कुमाल, ६५ केजी तौलमा शिव भुजेल रहेका छन् । ५५ केजीमा छनोट हुन सफल जिवन आठौंका रजत पदक विजेता समेत हुन् ।
यसै गरी महिलातर्फ ४० केजी तौलमा अनुष्का विक, ४५ केजीमा मेनुका अधिकारी, ५० केजीमा सरगम कुमाल र ५५ केजीमा केजिया क्षेत्री रहेका छन् । छनोट हुन सफल महिला खेलाडी मध्ये ५० केजी तौलतर्फकी सरगम आठौंकी रजत पदक विजेता हुन् ।
कास्की जिल्लास्तरिय छनोटतर्फ वुद्धिचाल, आइटिएफ तेक्वान्दो, बक्सिङ, रग्वी, भलिबल, जुडो र भारोत्तोलन भदौ १२ गते हुनेछन् ।
