पोखरा रंगशालाको टेन्डर अझै द्विविधामा, चिनको सिएमई कम्पनी बाहिरियो

पोखरा, १२ मंसिर ।
पोखरा रंगशालाको टेन्डरको विषय फेरी पनि द्विविधामा परेको छ । चिनको सिमई कन्सट्रक्सन र नेपालको सिएबी कन्सट्रक्सन जोइन्ट भेन्चर कम्पनी टेक्निकल टेन्डर प्रक्रिया बाट बाहिरिए पछि अब एक मात्र भारतको ग्रेट स्र्पोट्स तथा एमए कन्सट्रक्सन कम्पनी जावलाखेल जोइन्ट भेन्चर कम्पनी बाकी रहेको छ ।

२०७५ भदौमा गरिएको टेण्डर आह्वानमा यि दुई कम्पनीले मात्रै ग्लोबल टेण्डर मार्फत पोखरा रंगशाला निर्माणका लागि प्रस्ताब दर्ता गराएका थिए । तर अब चिनको सिएमई कम्पनी टेक्नीकल टेन्डर बाट बाहिरिए पछि फेरी टेन्डर प्रक्रिया द्विविधामा परेको हो । सिएमइले टेण्डरमा उल्लेख भए जस्तो टेक्निकल पक्ष पु¥याउन नसक्दा बाहिरिन परेको हो । चिनको कम्पनी बहिरिए संगै भारतको ग्रेट स्र्पोट्सलाई टेण्डर पर्ने निश्चित भए पनि उसले आफ्नो प्रस्तावमा निर्माणका लागि कति रकम कबोल गरेको हो त्यो भने शुत्रबार मात्रै थाहा लाग्ने छ ।

“हामी शुक्रबार आर्थिक टेन्डर खोल्दैछौं” राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब विष्टले भने–“हामीले प्रस्ताब गरे भन्दा बढी रकम प्रस्ताब रहेको खण्डमा पुनः यसलाई यूवा तथा खेलकुद मन्त्रालय मार्फत स्विकृतीका लागि अर्थ मन्त्रालय पठाउनु पर्ने हुन्छ ।” सदस्य सचिब विष्टले अब शुक्रबार आर्थिक प्रस्ताब (टेण्डर) खोलेपछि मात्रै उक्त कम्पनीले कती प्रस्ताब गरेको हो भन्ने कुरा यकिन हुने बताए ।

राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला निर्माणका लागि १ अर्ब २० करोड निर्धारण गरको छ । तर निर्धारण गरिएको रकम भन्दा बढी भएको खण्डमा पुनः स्विकृतीका लागि अर्थ मन्त्रालयमा पठाउने बाध्यत्मक ब्यबस्था रहने सदस्य सचिब विष्टको भनाई थियो । उनले सकभर पोखरा रंगशाला समयमानै निर्माण सम्पन्न गरि १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत महिला फुटबल पोखरामानै गर्ने बताए । “सकभर हामीले सोचे जस्तो गरि सबै काम समयमा सम्पन्न होस” विष्टले भने ।

२०७५ भदौमा गरिएको ग्लोबल टेण्डरलाई सम्पूर्ण निर्माण बजेटको शुनिश्चितता नगरी टेण्डर नखोल्न अख्तियारले रोक लगाएको थियो । पोखरा रंगशालाको यस आबका लागि छुट्टाइएको ५३ करोड समेत के गर्ने भन्ने बारे द्विविधामा थियो । २०७५ मंसिर ६ गते अर्थ मन्त्रालयले बजेट शुनिश्चित गर्दै १ अर्ब ७३ करोड ५५ लाखको पत्र खेलकुद मन्त्रालयमा पठाएको थियो । उक्त बजेट मध्ये १ अर्ब २० करोड रंगशालाको निर्माणका लागि थियो भने बाँकी रकम रंगशाला भित्रको अन्य कामको बजेट हो । परिषदले रंगशाला निर्माणको ५३ करोड बजेटको पत्र समेत पश्चिमाञ्चल क्षेत्रिय खेलकुदमा पठाई सकेको भए पनि टेण्डर प्रक्रिया भने द्विविधामा नै रहेको छ ।

यता पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका अध्यक्ष सम्पन्न श्रेष्ठले रंगशाला निर्माण प्रक्रियालाई कसैले रोक्न र छेक्न नसक्ने बताए । “अब हामी कसैलाई पनि टुलु–टुलु हेरेर बस्दैनौ, सकभर नियमित प्रक्रियामा सबै काम होस भन्ने हाम्रो चाहना छ” उनले भने–“यदि कुनै द्विविधा आइहाल्यो भने पनि हामी त्यसको गाँठो फुकाई छाड्छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close