हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ)मा पुरुषतर्फ बेलायत र महिला तर्फ आयरल्याण्डको अग्रता

पोखरा, ८ मंसिर ।
लम्जुङको मस्र्याङदी नदीमा शनिवार देखी सुरु भएको १७ औ संस्करणको हिमालयन ह्वाईट वाटर च्यालेन्ज २०१८ (कायाकिङ) प्रतियोगितामा पुरुषतर्फ बेलायतका प्रीतम गुरुङ र महिला तर्फ आयरल्याण्डकी सुशन डोयलले अग्रता लिएकी छिन ।

नेपाल एसोशियसन अफ ¥याफ्टिङ एजेन्सीको आयोजनामा लम्जुङको मस्र्याङदी नदी स्थित बेलौती बिसौनामा सम्पन्न २ किलो मिटर डाउन रिभर रेस स्प्रीन्टमा बेलायतका प्रीतम गुरुङले १५ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै २ मिनेट १७ सेकेण्डमा निर्धारित दुरी पार गरेर अग्रता लिएका हुन । गुरुङलाई पच्छ्याउदै नेपालका रोजेन्द्र गुरुङले २ मिनेट २६ सेकेण्डमा निर्धारित दुइ किलो मिटर दुरी पार गरेका थिए भने तेश्रो स्थानमा बेलायतका माट स्टेफेन रहेका छन ।

त्यसै गरि महिला तर्फ आयरल्याण्डकी सुशन डोयल अग्र स्थानमा रहेकी छिन । डोयलले निर्धारित २ किलो मिटर दुरी २ मिनेट ३७ सेकेण्डमा पार गर्दै अग्रता लिएकी हुन । उनलाई पच्छ्याउदै जर्मनकी भेरा नियसले २ मिनेट ४४ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन । शनिवार सम्पन्न खेलमा पुरुषतर्फ १५ र महिला तर्फ ५ जनाले भाग लिएका थिए । शनिवार बेलायत, नेपाल, आयरल्याण्डका र जर्मनका खेलाडीहरुले सहभागीता जनाएका थिए ।

जल खेलकुदको माध्ययम बाट बाह्य पर्यटकहरुलाई नेपाल भित्राउने र ब्यबसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगिता आगामी सोमबार सम्म सञ्चालन हुने नेपाल एसोशियसन अफ ¥याफ्टिङ एजेन्सीका अध्यक्ष निम बहादुर मगरले वताए ।

प्रतियोगितामा बेलायत, फ्रान्स, अमेरिका, क्यानडा, नर्वे, स्वीडेन, स्पेन, न्यूजिल्याण्ड तथा अष्ट्रलिया लगायतका पुरुष र महिला गरि १ सय भन्दा बढि खेलाडीहरुले सहभागीता जनाएका छन । प्रतियोगितामा आइतबार दोस्रो दिन स्ट्रिम सलालम् र अन्तिम दिन सोमबार हेड टु हेड बोर्डर क्रस विद्यामा खेल हुनेछ ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुनेले हेलमेट, लाईफ ज्याकेट, कायक प्याडल, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार प्राप्त गर्ने छन भने द्वित्तिय र तृतीय हुनेले क्रमश हेलमेट, लाईफ ज्याकेट, कायक प्याडल, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३० हजार र २० हजार हात पार्नेछन । त्यसैगरि महिला तर्फको बिजेता, उपबिजेता र सान्त्वना स्थान हासिल गर्नेलाई हेलमेट, लाईफ ज्याकेट, कायक प्याडल, मेडल तथा प्रमाणपत्र सहित क्रमश नगद रु ३० हजार २० हजार र १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close