
पोखरा स्पोर्टस । काठमाडौमा जारी हुने याक एण्ड यती टेनिसमा सहभागी हुन पोखराको टिम काठमाडौमा पुगेको छ ।
सोमबारबाट काठमाडौ शुरु भएको याक एण्ड यती टेनिसमा सहभागी हुन एक विदेशी खेलाडी सहित १० सदस्यिय पुरुष टोली काठमाडौ पुगेको हो । प्रतियोगितामा ३५ वर्ष माथी सिंगल्स र डवल्स तथा ४५ वर्ष माथी सिंगल्स र डवल्समा प्रतिष्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले पोखरा स्पोर्टसलाई बताए ।
प्रतियोगितामा नविन श्रेष्ठ, मदन थापा, विनोद कायस्थ, लोक गुरुङ, गोपी भट्टराई, विकाश गुरुङ, सूर्य बहादुर भुजेल, पृथ्वीमान गुरुङ, डा. मदन थापा र विदेशी खेलाडी रोवर्ट जे हानले सहभागिता जनाउने छन् ।
पोखरेली खेलाडीहरुको प्रतिष्पर्धा मंगलबार बाट शुरु हुनेछ ।
