पोखरा रंगशालाको काम अघि बढ्ने आश पलायो, खुल्यो प्राबिधिक तर्फको टेण्डर

केशब पाठक,
पोखरा, ६  मंसिर ।
पोखरा रंगशालाको रंगशालाको काम अघि बढ्ने आशा पलाएको छ । यूबा तथा खेलकुद मन्त्रालयले रंगशालाका लागि लाग्ने कुल खर्च १ अर्ब ७३ करोड ५५ लाखको श्ुनिस्चितता गरे पछि बिहिबार प्राबिधिक तर्फको टेण्डर खुलेको हो ।

यूबा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले बिहिबार समेत मन्त्रालयका तर्फ बाट अर्थ मन्त्रालयमा बजेटको शुनिश्चिततको पत्रका लागि खटाएका थिए । “म पोखरा बाट आए पछि धेरै पटक प्रयत्न गरे आज मात्रै सफल भँए” मन्त्रि विश्वकर्माले भने–“अब पोखरा रंगशालाको काम अघि बढ्छ म सबै पोखराबाशाीलाई ढुक्क हुन आग्रह गर्छु ।” यस वर्षका लागि विनियोजित ५२ करोड बाट काम अघि बढ्ने उनले बताए । मन्त्रि विश्वकर्माले अर्थले गरेको बजेट शुनिश्चितताले अब काममा कुनै ढिलाई नहुने प्रष्टाउँदै भने– “अब हामी संग निर्माणका लागि चाहिने सम्पूर्ण रकमको जोहो भएको छ काममा ढिलाई हुने प्रश्ननै आउँदैन ।”

सबैको प्रयत्नले नै समयमा नै रंगशाला बन्नेमा आफू आशाबादी रहेको जनाउँदै मन्त्रि विश्वकर्माले केही प्राविधिक कारणले भएको ढिलाईलाई बिर्सदै रंगशाला निर्माणका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन । यूबा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले पोखरा स्र्पोट्स संग पाँच दिन अघि कुरा गर्दै पांच दिन भित्रै टेण्डर प्रक्रिया खोल्ने घोषणा गरेका थिए । सोही प्रतिवद्धता अनुरुपा मन्त्रि विश्वकर्माले आफ्नो प्रतिवद्धता अनुरुप काम गरेका हुन ।

पोखरा स्र्पोट्स संग कुरा गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार बिष्टले बिहिबार दिउसो मात्रै मन्त्रालय बाट पत्र आएकोले आजनै प्राबिधिक तर्फको टेण्डर प्रक्रिया अधि बढाइएको बताए । “हामीले यहि बजेट शुनिश्चितताका लागि ३ महिना भन्दा बढी पर्खनु प¥यो जसका कारण निर्माण प्रक्रियामा केही ढिलाई देखिएको हो” उनले थप प्रतिवद्धता जनाउँदै भने– “हामी समयमानै रंगशालाको निर्माण सकेर १३ औं दक्षिण एशियाली खेलकुद (साग)को महिला फुटबल पोखरामानै आयोजना गर्नेछौ ।”

सदस्य सचिब विष्टले भने–“टेण्डरमा भएको ढिलाई अख्तियारको निर्देशन र मन्त्रालयको प्रतिवद्धताका कारण जे जस्तो अबस्थामा रहे पनि यसमा सहयोग गर्ने सबैमा आभार ब्यक्त गर्न चाहन्छु ।” सदस्य सचिब विष्टले २२ हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि १ अर्ब २० करोड र बाँकी रकम रंगशालाको फ्लोड लाइट लगाएत अन्य सजावटका लागि रहेको छ ।

“अब हामी एक साता भित्रै आर्थिक तर्फको टेण्डर खोले पछि सबै प्रक्रिया सकेर केही दिन भित्रै काम सुरु गर्छौ” सदस्य सचिब विष्टले भनेका छन । उनले पोखरा रंगशालाका लागि यस बर्ष स्विकृत बजेट ५२ करोड विनियोजित बाट काम सुरु गर्न सकिने बताएका छन । “सबै कुरा तयार छ केबल आर्थिक तर्फको खोल्ने बित्तिकै काम सुरु गर्ने हो, हामी संग जे जती बजेट आएको छ त्यस बाट काम थाल्छौं” विष्टले भने ।

स्मरिणय के छ भने भदौमा खेलिएको दोश्रो टेण्डरमा नेपाल र चिनिया तथा दोश्रो नेपाल र भारतको जोइन्ट भेन्चर कम्पनीले टेण्डर विडिङ गरेका छन । अबको एक सातामा आर्थिक टेण्डर खोले पछि कुन कम्पनीको टेण्डर स्विकृत हुने हो त्यो भने कुर्नु पर्नेनै हुन्छ ।
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close