
पोखरा, ४ कार्तिक ।
पोखरामा यहि कार्तिक ९ गते बाट शुरु हुने ठूलो पुरुस्कार धनराशीको पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितालाई भब्य बनाउने तयारीमा आयोजक क्विइन्स इभेन्ट मेनेजमेन्ट प्राली लागि परेको छ । पोखरा स्र्पोट्स संग कुरा गर्दै आयोजक संस्थाका निर्देशक छुम्बी लामाले पोखरामा पहिलो पटक आयोजना हुन लागेको पिलिएललाई स्मरिणय र भब्य बनाउने कुरामा कुनै कसर बाँकी नराख्ने बताएका छन ।
कार्तिक २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगितामा प्रतियोगितामा पोखरा पल्टन, चितवन राइनोज, बिराटनगर टाइटन, बुटवल ब्लास्टर्स, एक्स्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ (रोयल्स) जस्ता टिमहरुले प्रतिष्पर्धा गर्नेछन । ति टिममा नेपाली क्रिकेट टिमका चर्चित खेलाडी सहित अन्य विदेशी खेलाडी पनि सहभागिता रहने निर्देशक लामाले बताए । “जसरी पोखरा प्राकृतिक रुपमा चर्चित छ त्यसरीनै खेलकुदको शहरका रुपमा परिचित गराउन यो प्रतियोगिताले ठूलो भूमिका खेल्ने विश्वास लिएका छौं, हाम्रो प्रमुख उद्धेश्य पनि यहि हो” लामाले भने ।
पोखरा प्रिमियर लिगलाई विश्व क्रिकेट खेलको छाता संस्थाा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत मान्यता दिए पछि झनै यसको चर्चा चुलिएको निर्देशक लामाले बताए । “आयोजनाको छोटो समयमा पनि हामीले जे जस्तो सोचेका छौं त्यसरीनै काम अघि बढेको र सबैको साथ पाएका छौं” उनले भने–“जसरी हामीले साथ पाएका छौं त्यसरीनै प्रतियोगिताले सफलता पाउने छ भन्नेमा पनि ढुक्क पनि छौं ।”
पोखरा क्रिकेट रंगशालामा करिब ६ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ भने प्लेयर बक्स, मिडिया बक्स, भिआइपी बक्स शौचालय लगायत निर्माणको काम पनि अन्तिम चरणमा पुगेको निर्देशक लामाले बताएका छन । पोखरा रंगशालाको सबैभन्दा महत्वपूर्ण पिच बनाउने कार्य पनि लगभग अन्तिम चरणमा पुगेको उनले बताए । पिच निर्माणका लागि भारत र स्थानिय क्यूरेटरले अथक मेहनत गरेको निर्देशक लामाले बताए ।
पोखरा प्रिमियर लिगको प्रमुख आर्कषणको अर्को पक्ष भनेको पुरुस्कार राशी पनि हो । यति ठूलो पुरुस्कार राशीको क्रिकेट प्रतियोगिता अहिले सम्म पोखरा नभएको निर्देशक लामाले बताए । प्रतियोगितामा विजयी टिमले २५ लाख नगद पुरस्कार पाउनेछ । त्यसै गरि प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक–एक थान मोटरसाइकल पाउने निर्देशक लामाले बताए । प्रतियोगितामा बैंकिङ पार्टनरका रुपमा नविल बैंक संग सम्झौता गरिएको र मेडिकल पार्टनरका रुपमा नेपालकै चर्चित अस्पताल ग्राण्डी संग सम्झौता गरिसकिएको निर्देशक छुम्बी लामाले जानकारी दिए ।
तस्बिर : सुदर्शन रंजित