अर्जेन्टिनामा हुने युथ ओलम्पिकमा जाने खेलाडीलाई बिदाई

पोखरा, १५ असोज ।
अर्जेन्टिनाको ब्युनर्सआयर्समा आयोजना हुने “तेश्रो युथ ओलम्पिक गेम २०१८”मा जाने ६ सदस्यीय नेपाली टोलीलाई सोमबार ओलम्पिक कमिटमा कमिटिका अध्यक्ष एवं संघिय प्रतिनिधी सभाका माननिय साँसद जीवन राम श्रेष्ठले बिदाई गरे ।

अशोज २० देखि कार्तिक १ गते (अक्टोबर ६ देखि १८) सम्म आयोजना हुने युथ ओलम्पिकमा नेपालले ब्याडमिन्टन, एथलेटिक्स र जुडो खेलमा प्रतिस्पर्धा गर्नेछ । ब्याडमिन्टनमा रुकेश महर्जनले पुरुष एकलमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै एथलेटिक्समा लुजला अमात्यले २०० मिटरमा तथा जुडोमा सोनिया भट्टले ४४ केजी मुनिको तौलमा प्रतिस्पर्धा गर्ने ओलम्पिकले जनाएको छ ।

नेपाली टोलीको नेतृत्व ब्याडमिन्टन प्रशिक्षक किरण थापाले गर्ने छन् । उनले सेभ दि मिसनको भूमिका समेत निर्वाह गर्ने ओलम्पिकले जनाएको छ । यस्तै एलेटिक्सको प्रशिक्षकमा विमला जोशी र जुडोको प्रशिक्षकमा विजय कुमार गुरुङ्ग रहेका छन् ।

नेपाली टोलीलाई बिदाई गर्दै नेपाल ओलम्कि कमिटिका अध्यक्ष श्रेष्ठले सफलताको शुभकामना ब्यक्त गर्दै १८ बर्ष मुनिका खेलाडीहरुको कुम्भमेलालाई खेलाडीहरुले अनुभव बटुल्नुका साथै आगामी दिनमा आयोजना हुने ठुला प्रतियोगिताहरुका लागि आफुलाई निखार्ने अवसरको रुपमा लिनु पर्ने बताए ।

बिदाई कार्यक्रममा ओलम्पिक कमिटिकी उपाध्यक्ष एवं लन टेनिस संघकी अध्यक्ष ज्योती राणा, कोषाध्यष एवं नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन कुमार टण्डन, सदस्य एवं ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, सदस्य एवं नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close