पेन्केक सिलाटले दियो पाँच जिल्लालाई खेल सामाग्री

काठमाडौं, ७ असोज ।
नेपाल पेन्केक सिलाट मार्सल आर्ट संघले विभिन्न ५ जिल्लालाई आइतबार खेल सामाग्री प्रदान गरेको छ । पेन्केक सिलाटका बाँके, बर्दिया, दाङ, सल्यान र सुर्खेत जिल्ला कार्यसमितिलाई खेल सामाग्री प्रदान गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले कार्यसमितिका प्रतिनिधिलाई सामाग्री हस्तान्तरण गरे । सिंगापुर पेन्केक सिलाट संघबाट प्राप्त करिब ५० हजार मूल्य बराबरको सामाग्री प्रदान गरिएको नेपाल पेन्केक सिलाट मार्सल आर्ट संघका महासचिव दोर्जे लामाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close