निवर्तमान सदस्य सचिव पौडललाई मातृ शोक, परिषदद्वारा दुःख व्यक्त

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीका निवर्तमान सदस्य सचिव एवं सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेललाई मातृ शोक परेको छ ।

पौडेलकी आमा हरिकला पौडेलको यहि असार ११ गते ८६ वर्षको उमेरमा निधन भएको हो । आमाको निधनमा प्रदेश खेलकुद परिषद गण्डकीले बिहिबार एक शोक विज्ञप्ती जारी गहिरो दुःख व्यक्त गरेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–“प्रदेश खेलकुद परिषद गण्डकीका निवर्तमान सदस्य सचिव तथा यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेलज्यूकी ममतामयी आमाको असमायिक निधनले हामी सबैलाई स्तव्ध र मर्महात बनाएको छ । हामी दिवगंत आत्मको चिर शान्तीको कामना सहित हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछौं साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close