आठौं राष्ट्रिय कराते प्रतियोगितामा काठमाडौं टिम च्याम्पियन

काठमाडौ, ७ असौज ।
काठमाडौंले आठौं राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । काठमाडौं ६ स्वर्ण, ३ रजत र ११ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।

नेपाल गोजुरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा दोश्रो भएको काभ्रेले ६ स्वर्ण, ३ रजत र ६ कांस्य हात पा¥यो । तेश्रो स्थानमा चित्त बुझाएको भक्तपुरले ५ स्वर्ण, ३ रजत र ६ कांस्य हासिल ग¥यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको एकदिने प्रतियोगितामा ४ सय खेलाडीले विभिन्न ३७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close