गण्डकी प्रदेश खोखो संघको अध्यक्षमा पोखरेल

पोखरा स्पोर्टस । गण्डकी प्रदेश खोखो संघको अध्यक्षमा सुरज पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको शनिबार पोखरामा सम्पन्न प्रथम साधारण सभा तथा प्रथम अधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिका संयोजक एवं नेपाल खोखो संघका केन्द्रिय सदस्य राजुकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।

यसै गरी कार्यसमितिको उपाध्यक्षमा केशवराज रेग्मी (गोरखा), सचिव द्वयमा विशाल गुरुङ (कास्की) र महिमा थनेत (नवलपुर) तथा कोषाध्यक्षमा सञ्जय पौडेल (नवलपुर) रहेका छन् ।

कार्यसमिति सदस्यमा चक्र कुंवर (तनहुँ), पदम केसी (कास्की), कृष्ण पाण्डे (नवलपुर), राजु रावत (लमजुङ), रामभक्त कंडेल (गोरखा) र टेक बिनोद थापा (कास्की) रहेका छन् ।

यस अघि संघको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले गरेका थिए । संघका निवर्तमान अध्यक्ष चित्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष थापाले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close