लुम्बीनी प्रदेश हाप्किडो च्याम्पियन, गण्डकी तेश्रो

पोखरा स्पोर्टस । लुम्बीनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसीपको उपाधि जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा लुम्बीनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्य पदक हात पारेको हो । ७ स्वर्ण, ७ रजत तथा ११ काश्य पदक जितेको बाग्मती प्रदेश दोस्रो तथा ५ स्वर्ण र दुइ काश्य सहित गण्डकी प्रदेश तेस्रो भयो ।

पुरुष तर्फ लुम्बीनीका गोपाल विक तथा महिला तर्फ गण्डकीकी मोनालीसा मल्ल उत्कृष्ट खेलाडी भए । बुद्ध राइ उत्कृष्ट रेफ्रि घोषित भइन् । दुइ नं प्रदेशकी विजया कुमारी वाइवा उत्कृष्ट प्रशिक्षक चयन भइन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रि प्रत्येकले ५ हजार रुपैया पुरस्कार पाए ।

नेपाली नयाँ वर्षको अवसरमा नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसनको आयोजनामा भएको चार दिने प्रतियेगितामा सात प्रदेशका ७ सय भन्दा बढी खेलाडीको उपस्थिती रहेको मुख्य प्रशिक्षक सुस्मिता गुरुङले जानकारी दिइन् ।

समापन समारोहमा प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी खानेपानी मन्त्री मणी चन्द्र थापा, राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष नैना कला थापा, नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसन तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगर, गण्डकी प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार गोविन्द नेपाली र गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तारामाया थापाले पुरस्कार प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close