पोखरामा फुल कन्ट्याक्ट करातेको गृष्मकालिन शिविर सम्पन्न

पोखरा, २३ भदौ ।
नेपाल फुल कन्ट्याक्ट कराते महासंघ द्वारा आयोजित तिन दिने गृष्मकालिन प्रशिक्षण शिविर पोखरामा सम्पन्न भएकोछ ।

वर्षको दुइ पटक आयोजना गरिने शिविरमा देशभरिका १४ वटा संघहरुमा आवद्ध १ सय ५० जना खेलाडीहरुको सहभागिता रहेको थियो । सोही प्रशिक्षण शिविरमा निर्णायकहरुका लागि रेफ्रि सेमीनार समेत सञ्चालन गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिशीले पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा बिकास गर्न आफूहरु दृढ रहेको बताए । उनले केही खेललाई पदक आउने गरि महानगरले लगानी गर्ने वातावरण बनाउने तर्फ सोच बनाएको समेत बताए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठले व्यक्तिगत स्वार्थका लागि खोलिएका संघहरुका कारण खेलाडीको भविष्य संकटमा परेको बताउँदै भने–“यसका लागि सबै सचेत बन्दै खेलाडीहरुको समस्या र बेदनाका बारेमा संघहरुले गहिराईमा पुगेर बुझ्न आवश्यक छ ।”

महासंघका अध्यक्ष दमन बस्नेतको अध्यक्षतामा भएको समापन कार्यक्रममा महसंघका केन्द्रिय सदस्य अशोक कुमार श्रेष्ठ लगाएतले बोलेका थिए । सो अबसरमा वरिष्ठ प्रशिक्षक शिब गुरुङ र महिला खेलाडी सिता राई तथा अन्य खेलाडीहरुले प्रशिक्षणमा प्रशिक्षणमा सिकेका कुराहरुलाई पदर्शन समेत गरेका थिए ।

कार्यक्रममा प्रशिक्षणमा सहभागीहरुलाई पोखरा महानगर प्रमुख जिशीले प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close