
पोखरा स्पोर्टस । १९ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन भोली माघ ३ गते शनिबार बिहान ६ बजे सुरू हुने छ ।
पोखरा रंगशाला बाट बिहान सुरू हुने म्याराथनको संघिय सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शुभारम्भ गर्ने छन् । दर्ता भएका ३ हजार भन्दा बढि र रन फर फनमा गरी १० हजार भन्दा बढिले दौडमा सहभागिता जनाउने भएका छन् ।
उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं पोखरा अन्तर्राष्ट्रिय म्याराथनका संरक्षक सुरेन्द्रराज पाण्डे, सामाजिक विकास यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, गण्डकी प्रदेश सरकारका मन्त्रीहरु, मन्त्रालयका सचिवहरु, पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरूङ, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरूङ, सदस्य सचिव श्रीधर शर्मा, शुरक्षा निकायका प्रमुखहरु, उद्योगी एवं व्यवसायीहरु, विभिन्न विद्यालयका छाता संस्थाका अध्यक्ष एवं पदाधिकारीहरु, विभिन्न सामाजिक संघ संस्था एवं अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरु, पोखरा म्याराथनका प्रायोजक एवं सहयोगी संस्थाहरुलगायतको सहभागिता हुनेछ ।
पोखरा रंशगालाबाट सुरू हुने दौड पोखरा महानगरका विभिन्न भाग परिक्रमा गरी पोखरा ६ लेकसाइडस्थित हल्लनचोकमा पुगेर सम्पन्न हुनेछ ।
