
पोखरा स्पोर्ट्स । काभा यू–१९ महिला भलिबल च्याम्पियसिपमा नेपाल उपविजेता बनेको छ । श्रीलंकामा आइतबार सम्पन्न फाइनलमा किर्गिस्तान संग ३–२ को सेटमा पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।
पहिलो सेटमा २५–२२ ले जित्दै किर्गिस्तान विरूद्ध आफ्नो पक्षमा पारेको नेपालले पछिल्ला दुई सेट भने नेपालले किर्गिस्तानलाई सुम्पियो । किर्गिस्तानले पछिल्ला दुई सेट २५–२० र २५–२१ ले जित्यो । तर चौथो सेटमा नेपाल पुनः खेलमा फर्कियो ।
चौथो सेटमा किर्गिस्तानलाई पुरै दवाबमा राख्दै नेपलले २५–१३ ले आफूलाई पुनः खेलमा फर्कायो । तर अन्तिम सेटमा नृपालले १५–११ले गुमायो ।
यस्तै तेस्रो स्थानका लागि भएको खेलमा आयोजक श्रीलंकाले मालदिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।
प्रतियोगितामा नेपाली टिमकी जेनीशा विश्वकर्मा वेष्ट आउटसाइड हिटर बन्न सफल भएकी छन् भने वेष्ट मिडल ब्लकरको उपाधि रेबिका लामा तामाङले हात पारिन् । त्यस्तै वेष्ट लिविरोको उपाधि विजेता एन्जिला प्रधान बनेकी छन् ।
प्रतियोगितामा नेपालसहित श्रीलंका, किर्गिस्तान र मालदिभ्सको सहभागिता रहेको थियो ।

