आयुशा र असबलाई स्वर्णः यू–१६ तर्फ पोखराका निहाल सेमीफाइनलमा

पोखरा स्पोर्टस । आयुशा जिसी र असबसम्राट हाडाले दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।

यु–९ गर्ल्स सिंगल्स फाइनलमा आयुशाले मेरिशा थापालाई ४–१ र ४–० को सोझो सेटमा पराजित गरिन् । यु–१० ब्वाइज फाइनलमा असबले साम्खाहाङ राईलाई ५–७, ६–३ र १०–७ को सेटमा हराए ।

टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगिताको यु–१६ गर्ल्स सिंगल्समा शुभाङ्गीलक्ष्मी शाह, सर्वानी श्रेष्ठ, सुनिरा थापा र जेनी खड्का सेमिफाइनलमा पुगे । सोही स्पर्धाको ब्वाइजमा अकी जुवेन रावत, निश्चल कायश्थ, आर्यन गिरी र निहाल जेबी थापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

यु–१२ गल्र्स सिंगल्समा समृद्धि महर्जन र कर्मिस्था श्रेष्ठले फाइनलमा स्थान पक्का गरे । ब्वाइज डबल्समा राजवीर प्रधान र प्रणव मानन्धरको जोडी सेमिफाइनलमा पुगे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close