गण्डकी महिला क्रिकेट टोली धनगढी प्रस्थान

पोखरा स्पोर्टस । प्रधानमन्त्री कप (पिएम कप) महिला राष्ट्रिय टि२० प्रतियोगितामा सहभागिता जनाउन गण्डकीको टोली आइतबार धनगढी प्रस्थान गरेको छ ।

त्यसतर्फ प्रस्थान गर्नु अघि टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, प्रादेशिक क्रिकेट संघ गण्डीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बिदाई गरे ।

यहि माघ १ देखि १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी समुह ‘ए’मा रहेको छ । गण्डकीको समुहमा एपिएफ क्लब, लुम्विनी र सुदुर पश्चिम प्रदेश रहेका छन् ।

त्यस्तै समुह ‘बी’मा नेपाल आर्मी क्लब, कोशी प्रदेश, बागमती र मधेश प्रदेश रहेका छन् ।

गण्डकीले आफ्नो पहिलो खेल आयोजक सुदुर पश्चिम विरुद्ध खेल्नेछ ।

गण्डकीका चार जना महत्वपूर्ण खेलाडीहरु विश्वकपका लागि छनौटमा परेका छन् । राष्ट्रिय टिममा परेका खेलाडीहरुमा ज्योत्सिनका मरासिनी, सिमाना केसी, कुशुम गोदार र रचना कुमार चौधरी रहेका छन् । उनीहरु नहुँदा टिमको स्ट्रेन्थमा केही कमि आए पनि नयाँ र यूवा खेलाडीहरुले राष्ट्रियस्तरको महत्वपूर्ण प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएको अध्यक्ष सिग्देलले बताए । “गण्डकीको टिम बलियो छ । यूवा प्रशिक्षकले टिमको लिड गरेका छन् । हामी उत्साहित छौं । टिमले उच्च प्रदर्शन गर्नेछ”, अध्यक्ष सिग्देलले भने ।

यस्तो छ गण्डकीको टोली
१। श्रीजना पौडेल (कप्तान)
२। श्रेया शाह
३। धनकुमारी क्षेत्री
४। मनीका लामिछाने
५। सलिना सेन
६। रेखा तामाङ
७। अपेक्ष्या बुढाथोकी
८। निरु जि.टी.
९। चन्द्रमाया बराल
१०। आकृति तिवारी
११। यशोदा भुजेल
१२। श्रेया शर्मा
१३। जेनीसा खत्री
१४। रिया तामाङ

टिम प्रशिक्षकः दिपेश खत्री
सहायक प्रशिक्षकः ऋषीकेश शर्मा पौडेल
टेक्निकल एनालिष्ट : दिवाकर थापा
टिम म्यानेजर : माया तिवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close