
पोखरा १९ भदौ ।
ऋद्धिसिद्धी सिमेन्ट चौविसौ आदर्श कप फूटवल प्रतियोगिता बुधवार देखि भण्डारढीक खेल मैदानमा सुरु हुदै छ । भदौं २० देखि २७ गते सम्म हुन लागेको खेलको सम्पुर्ण तयारी पुरा भएको र प्रतियोगिताको उद्घाटन यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्कर्माले एक भव्य समारोहका बिच गर्ने कार्यक्रम रहेको आयोजक सस्था आदर्श युवा क्लवका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
प्रतियोगिताकै सन्दर्भमा मंगलवार विहान खेलमैदान वरपर सरसफाई गरिएको छ । सरसफाईमा स्थानियबासीको सक्रिय सहभागीतमा पृथ्वीराजमार्ग खण्डको झाडी फाड्नुको साथै फोहोर जन्य बस्तु संकलन गरि नष्ट गरिएको हो ।
तिजको अवसरमा राखिएको राष्ट्रिय स्तरको प्रतियोगितामाा आठ टिमका विच प्रतिष्पर्धा हुँदै छ । २३ औं संस्करण बाट रोकीएको प्रतियोगिता सात वर्ष पछि हुन लागेकाले पनि खेलप्रति यस क्षेत्रका बासिन्दा तथा खेल प्रमीहरुले अभिरुचिका लिएको क्लवका सचिव पदम गुरुङ्गले जानकारी दिएका ।
फुटबल खेलको विकासका लागि क्लबले खेल मैदानको स्तर उन्नती गर्दै ए डिभिजन लगाएत उत्कृष्ट क्लवका विच प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा आयोजक सहित आठ टिमको सहभागीता रहने छ । जसमा पोखरा ११, एन्फा बाग्लुङ, एन्फा तनहुँ, एन्फा स्याङजा, सशस्त्र एपिएफ क्लव काठमाडौं, विग्रेड ब्वोईज क्लव काठमाडौं र जाउलाखेल युथ क्लव काठमाडौं रहेका छन् ।
प्रतियोगिताका विजयी समुहले तीन लाख शिल्ड,मेडल र प्रमाणपत्र, उप विजेताले दुइलाख सहित शिल्ड मेडल र प्रमाणपत्र लगाएत उत्कृष्ट खेलाडी,उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगाएतका विधामा नगद र पदक सहित पुरस्कृत गरिने भएको छ । प्रतियोगिताको उद्घाटन खेल तनहुँ एन्फा र आयोजक संस्था आदर्श यूथ क्लबका बिच हुनेछ ।