सेपाकताक्रो महिला: आर्मीलाई स्वर्ण, गण्डकीलाई रजत

पोखरा स्पोर्टस । विभागिय टोली नेपाल आर्मीले महिला सेपाकताक्रोमा थप एक स्वर्ण पदक हात पारेको छ ।

पूर्वी नवलपरासीको कावासोतीमा सन्चालन भई रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सेपाकताक्रोमा विभागिय टोली नेपाल आर्मीले थप एक वटा स्वर्ण पदक हात पारेको हो

सेपाकताक्रोको रेगु विधामा विभागिय टोली नेपाल आर्मीले गण्डकी प्रदेशको महिला टिमलाई टिमलाई २–० को सोझो सेटमा हराउदै स्वर्ण हात पारेको हो । आर्मीका लागी चन्दा चौधरी, सुमिना डंगोल, इनु चौधरी, सोममाया थापा मगर र स्वस्तिका श्रेष्ठको टोलीले स्वर्ण दिलाएका हुन ।

आर्मीले स्वर्ण पदक जित्दा गण्डकीले भने रजतमा चित्त बुझाउनु परेको छ । रेगु महिला तर्फको कास्य पदक सुदुर पश्चिमलाई २–० को सोझो सेटमा हराउदै वाग्मतीले हात पारेको छ । वाग्मतीका लागी उषा महर्जन, रुथकुमारी श्रेष्ठ, कमला दर्जी, लाक्पा जाङमु शेर्पा रनेहा श्रेष्ठको टोलीले कास्य दिलाएका छन ।

रेगुको पुरुष तर्फको फाईनल प्रतिस्पर्धा बुधबार गराईने भएको छ । रेगु पुरुष तर्फको फाईनलमा स्वर्णका लागी विभागिय टोली नेपाल आर्मी र गण्डकी बीच प्रतिस्पर्धा हुनेछ । रेगु पुरुष तर्फको कास्य पदक भने लुम्बिनी प्रदेशलाई २–०को सोझो सेटमा हराउदै प्रदेश नं १ ले जितेको छ । मंगलबार सेपाकताक्रोको क्रवाड विधा अन्तर्गतको पुरुष र महिलाको पदकको छिनोफानो हुने सेपाकताक्रो संघका केन्द्रिय अध्यक्ष नेत्रबहादुर गुरुङ्गले जानकारी दिनु भयो ।

यस अघि आईतबार सम्पन्न महिला र पुरुषको डबल तर्फ विभागिय टोली नेपाल आर्मीले दुई स्वर्ण जितिसकेको छ । महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका गरी कुल ९८ खेलाडीले भाग लिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close