गण्डकी भलिबल टिमका घाइते खेलाडी प्रेमलाई आर्थिक सहयोग हस्तान्तरण

पोखरा स्पोर्टस ।  पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा घाइते भएका गण्डकी भलिबल टिमका खेलाडी प्रेम बहादुर कुमाललाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

गण्डकी प्रदेश र बागमतीका विच भएको उद्घाटन खेलको क्रममा प्रेमको बायाँ खुट्टा भाँच्चिएको थियो । उनलाई सोमबार एक कार्यक्रमका विच नगद १ लाख ३३ हजार ५ सय ५५ सहयोग गरिएको गण्डकी प्रदेश भलिबल संघका कार्यवाहक अध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।

उक्त सहयोग रकम मध्ये गैर आवाशिय नेपाली संघ (एनआरएनए)भलिबल टिमले ५५ हजार ५५५ हजार प्रदान गरेको छ । त्यसै गरी अन्य सहयोगीहरुमा हङकङका विष्णु गुरुङ र खड्क गुरुङले समान १०/१० हजार, महेन्द्र छन्त्यालले १० हजार, राजु केसी हाल अमेरिकाबाट १० हजार, गल्कोट भलिबल टिमका प्रशिक्षक सुरेन्द्र केसी, जिवन खड्का क्षेत्री, दुत पुन मगर, निरञ्जन श्रेष्ठले समान ५/५ हजार, टिपटप हेल्प नेपाल काठमाण्डौका अध्यक्ष बाशु श्रेष्ठले नगद १५ हजार र रमेश विकले नगद ३ हजार सहयोग गरेका छन् ।

घाइते खेलाडी प्रेमको सहयोगका लागि पूर्व राष्ट्रिय खेलाडी एवं गण्डकी प्रदेश भलिबल संघका सल्लाहाकार तथा पर्वत क्लव हङकङका अध्यक्ष प्रेम श्रेष्ठको संयोजकत्वमा गठित सहयोग समितिले स्वदेश तथा विदेशबाट रकम संकलन गरिएको थियो ।

तनहुँ शुक्ला गण्डकी नगरपालिका वाड नं १० का २२ वर्षिय प्रेमको घरको आर्थिक अवस्था कमजोर रहेको र उनको सहयोगका लागि सबै संग अपिल गरिएको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए । हाल उनको उपचार भइरहेको भए पनि निको हुन भने केही समय लाग्ने कावा अध्यक्ष श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close