
“नेपाल सगरमाथाले मात्रै होइन क्रिकेटले पनि चिनाएको छ” – क्रिकेटर करन केसी
पोखरा, २७ साउन ।
गण्डकी प्रदेश मुख्य मन्त्रि पृथ्वी सुब्बा गुरुङले खेलकुदमा अथाह पर्यटनको सम्भावना रहेको बताएका छन । मुख्यमन्त्रि गुरुङले क्रिकेटर करन केसीलाई प्रदेशको तर्फ बाट १ लाख नगद, दोसल्ला र सम्मानपत्र द्वारा सम्मान गर्दै उनले उक्त कुरा बताएका हुन ।
गण्डकी प्रदेशको खेलकुदको बिकासका लागि सामाजिक किास मन्त्रालयले खेलकुदका पाँच वटा छुट्टा–छट्टै विषयमा प्रतिवेदन तयार गरि प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको बताउँदै मुख्मन्त्रि गुरुङले मुस्ताङको लोप्साङ खर्कमा हाइ अल्टिच्युड् खेल मैदान निर्माण भए पछि त्यसले प्रदेशको खेल बिकास संगै पर्यटन बिकासमा ठूलो सहयोग पुग्ने बताउँदै भने –“यस बारेमा प्रधानमन्त्रि केपी ओलीलाई समेत यसबारे सबै ब्रिफिङ्ग गरेको छु ।”
मुख्य मन्त्रि गुरुङले करन जस्ता खेलाडीलाई प्रदान गरिएको एक लाख नगद थोरै भए पनि यो सबैका लागि प्रेरणादायी बन्न सक्ने तथा क्रिकेटको ब्यवसायीकरण संगै क्रिकेट खेलको बिकासका लागि महत्वपूर्ण रहने बताउदैं भने–“पहाडी जिल्लामा क्रिकेटको बिकासका लागि पूर्वाधार निर्माण संगै खेलाडी उत्पादनमा हामी सबैको ध्यान पुग्नु पर्छ ।” उनले प्रदेशका ८५ वटै स्थानिय निकायमा एक स्थानिय तह एक खेल मैदानको अवधाराणा संगै अन्य खेलकुदका पूर्वाधार बिकासका लागि प्रदेश सरकार लागि परेको समेत बताए ।
सो अबसरमा सम्मानित क्रिकेटर करन केसीले कुनै बेला नेपाल सरगरमाथाको देश भनेर चिनिए पनि अहिले क्रिकेटले नेपाल विश्वमा चिनिएको बताए । उनले प्रदेश गण्डकी पनि त्यसरी नै विश्वमा चिनिने तर्क अघि सार्दै भने–“यो मेरो मात्र सम्मान होइन यो क्रिकेटको सम्मान हो हारे पनि जिते पनि क्रिकेटलाई माया गर्नुस ।” उनले प्रदेश क्रिकेटलाई माथी उठाउन सबैको सहयोग र पहलको आवश्यक्ता रहेको समेत औंल्याए ।
कार्यक्रममा सामाजिक बिकास मन्त्रि नर देबी पुनले आफ्नो मन्त्रालयको मुख्य जिम्मेबारी स्वस्थ्य, दक्ष र अनुशासित नागरिक उत्पादन गर्ने लक्ष्या रहेको बताउँदै भनिन–“खेलकुदले मात्रै यो कार्यको लक्ष्य पुरा गर्छ ।” मन्त्रालयले खेलकुदका माध्यम द्वारा प्रदेशलाई पर्यटनको हब बनाउने योजनाका साथ अगाडी बढेको बताउँदै प्रदेशको खस्कदो खेलकुदलाई माथी उठाउन खेलाडीलाई बन्द प्रशिक्षणमा राखेरै प्रशिक्षण दिने व्यवस्थाका लागि स्रोतको खोजी भइरहको समेत बताइन ।
कार्यक्रममा गण्डकी प्रदेश साँसद एवम नेपाल ह्याण्डबल संघका उपाध्यक्ष मोहन रेग्मी, पोखरा महानगरपालिका प्रमुख मान बहादुर जिशी, नेपाल ओालम्पिक कमिटीका सदस्य एवम नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ लगाएतले गण्डकी प्रदेशको खेलकुदलाई माथी उठाउन र खेलाडीहरुको जिवनवृत्ती संगै रोजगारका बारेमा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरेका थिए ।
बागलुङमा जन्मिएका करन केसी सन २०१८ मा नामिबियामा सम्पन्न एक दिवशिय खेलमा नेपाललाई एक दिवशिय क्रिकेटमा छनौट चरणपार गराउन महत्वपूर्ण भूमिका खेले बापत प्रदेश सरकारले मन्त्रिपरिषदको निर्णय अनुसार आइतबार प्रदेश सरकारले उनलाई एक लाख नगद सहित एक भव्य कार्यक्रमका विच सम्मान गरेको हो ।
तस्विर ः शुर्दसन रंजित