बगर भाई खलकले पूर्व राष्ट्रिय खेलाडी तथा शिक्षाविद महेश गुरुङलाई सम्मान गर्ने

पोखरा स्पोर्टस । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकले पूर्व राष्ट्रिय खेलाडी तथा शिक्षाविद महेश गुरुङलाई सम्मान गर्ने भएको छ ।

संस्थाको आयोजनामा यहि पुष २६ गतेबाट हुने “पाँचौ स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा एघारौं बगर भाई खलक एट ए साइड भेट्रान्स अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को उद्घाटन समारोहमा उहाँलाई सम्मान गर्ने भएको हो । “स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका अग्रज खेलाडीहरु समेटेर भेट्रान्स फुटवल प्रतियोगीतामा आयोजना गर्दै आइरहेको उक्त संस्थाले यस वर्ष पोखराका अग्रज फुटबल खेलाडी एवम शिक्षाविद महेश गुरुङलाई ताम्रपत्र एवं दोसल्ला सहित सम्मान गरिने भएको अध्यक्ष दिल बहादुर गुरुङले जनाउनु भएको छ ।

तत्कालिन गण्डकी अञ्चलबाट फुटबल खेल्नु भएका महेश गुरुङ गण्डकी अञ्चलको खेलकुद संयोजकको रुपमा समेत कार्यभार सम्हाल्नु भएको थियो । लामो समय अञ्चल सदस्य सचिवरुपमा गण्डकीको खेलकुद विकासमा अहम भूमिका निर्वाह गर्नु भएका उहाँ २०४० सालमा पोखरामा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुदमा समारोह समितीको उपाध्यक्ष र संग–संगै एथ्लेटिक्स, बक्सिङ र स्विमिङ खेलको संयोजक समेत रहनु भएको थियो । यस संगै उहाँ २०५२ देखि २०५८ सम्म कास्की जिल्ला फुटबल संघको अध्यक्ष समेत रहनुभएको थियो ।

२०३१ सालमा कन्या स्कुलमा अध्यापन पेशा शुरु गर्नु भएको उहाँले २०३४ देखि २०४५ सम्म अम्मर सिंह मावीमा शिक्षक, २०४५ देखि २०५६ सम्म कालिका माबी प्रध्यापक तथा पुनः २०५६ देखि २०५८ सम्म अम्मरसिंह माबीमा प्रध्यापक सेवामा रहेर शिक्षाको उन्नयनका लागि महत्वपूर्ण योगदान दिनु भएको थियो । पोखरा १० निवासी महेश गुरुङ नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको सल्लाहकार, सहारा क्लव पोखराको मानार्थ सदस्य, सहारा युकेको संस्थापक सल्लाहकार, पोखरेली मञ्च युकेको सल्लाहकार लगायत दर्जनौं संघ संस्थामा आवद्ध रहनुभएको छ ।

बगर भाई खलकले खेलकुद विकासमा महत्वपूर्ण योगदान दिएका ११ जनालाई यस अघिनै सम्मान गरिसकेको छ । जस अनुसार अग्रज खेलकर्मीहरु स्व.शुक बहादुर गुरुङ, मोतिमान शाक्य, स्व.शिव शंकर रञ्जित, शम्भु कार्की, आनन्द रञ्जित, इन्द्र गौचन, डम्वर सिं गुरुङ, दक्ष बहादुर गुरुङ, कृष्ण थापा, खड्ग बहादुर रानाभाट, खेम गुरुङ यस अघि नै सम्मानित भइ सक्नुभएको छ ।
यो पनि पढ्नुहोस्
एक माष्टरको आँखामा पोखराको खेलकुद
https://pokharasports.com/2020/04/16/18364/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close