
पोखरा, ३ साउन । राष्ट्रिय खेलकुद परिषद्का निर्वतमान सदस्य–सचिव केशवकुमार बिष्टले आफु जहाँ रहे पनि खेलकुद प्रति सदैब बफादार रहने धारणा ब्यक्त गरेका छन् ।
नेपाल बक्सिङ संघले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै बिष्टले भने–‘म कुनै न कुनै नाताले खेलकुदको विकास र विस्तारमा बफादार रहि रहने छु’ उनले थपे–‘म नियमित प्रक्रिया अनुसार राखेपको जिम्मेवारीबाट टाढा भएको हँुृ, तपाईहरुले खेलकुदलाई नजिकबाट बुझेको क्षमतावान सदस्य–सचिव पाउनु भएको छ, सवै मिलेर वहाँको कार्यकाललाई सफल बनाउन इमान्दार भएर काम गरौं ।’
नेपाल बक्सिङ संघले बिदाईका अवसरमा संघका अध्यक्ष राम अवालेले सम्मान पत्र प्रदान गरेको छन । सम्मान पत्रमा भनिएको छ– ‘वि.सं. २०७२ आषाढ १० देखि २०७६ आषाढ ९ सम्म खेलकुदको उच्च निकाय राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव जस्तो गरिमामय पदको जिम्मेवारी वहन गर्दै नेपाली खेल क्षेत्रको विकास र विस्तारमा यहाँले पु¥याउनुभएको योगदान स्मरणीय छ ।’
सम्मानपत्रमा भनिएको छ–‘खेलका माध्यमबाट राष्ट्रको छविलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन यहाँले गर्नुभएको प्रयत्नप्रति बक्सिङ संघ आभारी छ । आगामी दिनमा समेत नेपाली खेल जगत्को उत्थानमा सक्रिय सहयोगको अपेक्षाका साथ यहाँको उज्ज्वल भविष्यको कामनासहित नेपाल बक्सिङ संघ परिवार यो सम्मान–पत्र प्रदान गर्दछ ।’ बिदाई तथा सम्मान कार्यक्रममा ओलम्पियन,बक्सिङ खेलाडी,पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
