नेपालको तेक्वान्दो टोली कोरियातर्फ

काठमाण्डौ, २७ असार ।

बाह्रौं विश्व तेक्वान्दो कल्चर एक्पोमा सहभागी हुन ९ सदस्यीय राष्ट्रिय तेक्वान्दो संघ– नेपालको टोली बुधबार दक्षिण कोरियाको मुजु प्रस्थान गरेको छ ।

जुलाई १२ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा मनीष बसेल, जितबहादुर कामी, विशाल पौडेल उपाध्याय, हरि थापा, विनोद श्रेष्ठ र राधाबहादुर तामाङले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । टोली नेतामा विकास श्रेष्ठ, व्यवस्थापकमा रेशम तामाङ र प्रशिक्षकमा धर्मेन्द्र बानिया अग्रहरी रहेका छन् ।

सोही टोलीले दक्षिण कोरियाको जेजुमा जुलाई १८ देखि २४ तारिखसम्म हुने जेजु कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि सहभागिता जनाउने राष्ट्रिय तेक्वान्दो संघ– नेपालका महासचिव राजकुमार कार्कीले जनाएका छन् । टोलीलाई गृह मन्त्री रामबहादुर थापाले एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close