मैत्रीपूर्ण फुटबलमा ब्राजिलमाथि जापानको शानदार जित

पोखरा स्पोर्ट्स ।  मैत्रीपूर्ण फुटबल खेलमा जापानले ब्राजिललाई पराजित गरेको छ । जापानको टोकियोस्थित द टोकियो स्टेडियममा मंगलबार सम्पन्न खेलमा जापानले ब्राजिललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । 

जापानको जितमा टाकुमी मिनामिनो, केइटो नाकामुरा र आयासे उएडाले एक एक गोल गरेका थिए । त्यसैगरी ब्राजिलका लागि पाउलो हेनरिक र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए । 

यो अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिलमाथि जापानको अहिलेसम्मको पहिलो जित हो । यसअघि खेलेका १३ खेलमा ११ पटक ब्राजिलले जितेको थियो भने २ खेल बराबरीमा रोकिएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close