पोखरा ३३ पशुपतीघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्न महानगरको स्विकृती

केशब पाठक,
पोखरा,

पोखरा महानगर पालिकाले पोखरा महानगर वडा नं ३३ पशुपतीघाटमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न गण्डकी प्रदेश सरकारलाई भोगाधिकार दिने निर्णय गरेको छ ।

पो्खरा महानगरपालिकाकोे ३३ औं पूर्ण बैठकले उक्त स्थानमा क्रिकेट मैदान निर्माण गर्न प्रदेश सरकारलाई भोगाधिकार दिने सैद्धान्तिक निर्णय गरेको पोखरा महानगरका प्रमुख मान बहादुर जिशीले बताए ।

कास्की जिल्ला क्रिकेट संघले लामो समय देखि अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न पहल थालेको भए पनि पुरा हुन सकेको थिएन । तत्कालिन लेखनाथ नगर पालिकाले २०७२ सालमा साबिक भोटेपोखरी वडा नं ९ को उक्त जग्गामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गर्न जग्गा रोक्का गरेको थियो ।

गण्डकी प्रदे्श सरकारले २०७६/०७७ को बजेटमा गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल मैदान निर्माण गर्न बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरि निर्माण कार्य प्रारम्भ गर्न सामाजिक बिकास मन्त्रालयबाट ५० लाख बजेट समेत ब्यवस्था गरिसकेको छ । पोखरा महानगरपालिका वडा नं. ३३ पशुपतिघाट (साबिक भोटेपोखरी वडा नंं.–९) को कि.नं. ३९७ क्षे.फ. १७८–३–३–० को जग्गामा क्रिकेट मैदानका लागि उपयूक्त हुने यस अघि पनि खेल विश्लेषकहरुले बताउँदै आएका थिए । सामाजिक बिकास मन्त्रालयले एक वर्ष अघि गठन गरेको खेल विज्ञको टोलीले समेत सोही स्थानमा क्रिकेट मैदान निर्माण गर्न सरकारलाई सुझाव दिएको थियो ।

सामाजिक बिकास मन्त्रालयले पोखरा महानगरपालिकालाई उक्त जग्गा प्राप्तीका लागि पत्राचार गरेकोले प्रदेश सरकारले उक्त जग्गामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम निर्माण हुने पोखरा महानगका प्रमुख जिशीले बताए । प्रमुख जिशीले भने –‘हाम्रो कामना छिटो भन्दा छिटो रंगशाला निर्माण होस भन्नेनै हो’, उनले थपे–‘हामी प्रदे्श सरकारलाई यो काममा सघाउन चाहन्छौ र पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेटको हब बनाउन चाहन्छौ ।’
तस्बिरः सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close