अस्ट्र्लियाको गोल्ड कोस्ट तेक्वान्दोमा नेपाललाई पाँच स्वर्ण

काठमाडौं, १२ साउन ।
अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण, १ रजत र ४ कांस्य जित्न सफल भएका छन् ।

शनिबार क्यारेरा इन्डोर स्टेडियममा जारी नवौं गोल्डकोस्ट ओपनमा रन्जन श्रेष्ठ, पारस भण्डारी, प्रनिस गुरुङ, यङचेन शेर्पा र अभिनव शेर्पाले नेपाललाई स्वर्ण पदक दिलाए ।

रन्जनले ब्रेकिङमा स्वर्ण जित्दा ६९ केजीमुनी फाइटतर्पm भने रजत पदकमै चिक्त बुझाएको उनका प्रशिक्षक विशाल रायमाझीले जानकारी दिए । अभिनवले भने १३ बर्षमूनिको पुम्सेमा स्वर्ण जितेका हुन् । अभिनवले फाइनलमा अस्ट्रेलियाका ब्लाके मुर्रेलाई हराएर स्वर्ण हात पारेका हुन् ।

त्यसअघि उनले क्वार्टरफाइनलमा अस्ट्रेलियाकै लियोनार्दो ब्रुजे र सेमिफाइनलमा अफगानिस्तानका ऐकन ग्रानिर अमुरलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए ।

गल्र्सतर्पmको यू–१५ मा पुम्सेमा यङचेनले स्वर्ण जितेकी हुन् । यङचेनले फाइनलमा क्यानाडाकी सोफी ओडेयालाई हराएकी स्वर्ण पदक आफ्नो बनाइन् । त्यसअघि उनले क्वार्टरफाइनलमा फ्रान्सकी क्रिस्टेल मोरे र सेमिफाइनलमा अस्ट्रेलियाकी इसाबेल पार्कलाई हराउँदै फाइनलको यात्रा तय गरेको व्यवस्थापक तथा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए ।

गल्र्स यू–१५ पुम्सेमा नेपालकी सितु सिंह मास्केले कांस्य पदक हात पारिन् । क्वार्टरफाइनलमा क्यानडाकी एरिका डकिन्सलाई हराएकी सितु सेमिफाइनलमा अस्ट्रेलियाकी हन्नाह ड्रेजससँग स्तब्ध हुँदै कांस्यमा चित्त टिम अफ हेड कुमार लामा घिसिङले जानकारी दिए ।

अभिनव र सितुले ग्यरोगी विधातर्फ प्रतिस्पर्धा गर्नेछन् । फाइटतर्पm ५४ केजीमुनि पारस भण्डारीले स्वर्ण जितेका थिए । फाइटमै प्रनिस गुरुङले पनि स्वर्ण जित्न सफल भएको प्रशिक्षक बब्लु सिवाकोटीले जानकारी दिए ।

फाइटमै ८७ केजीमुनि तौलसमूहमा रजत जितेका अनिस महर्जनले ब्रेकिङमा भने कांस्य पदकमै चित्त बुझाए । ७४ केजीमुनि बिकेस बिडारीले कांस्य पदक जित्न सफल भए । १२औँ सागमा रजत पदक विजेता रेजिना कार्कीले ४९ केजीमुनि तौलसमूहमा कांस्य पदकमै चित्त बुझाइन् । आइतबार रेजिनाले ब्रेकिङमा पनि प्रतिस्पर्धा गर्नेछिन् ।

अशोकलाई स्वर्ण


अस्ट्रेलियाको गोल्डकोस्टमा जारी नवौं गोल्डकोस्ट ओपन तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडी अशोक खड्काले शनिबार स्वर्ण जितेका छन् ।

उनले एकल पुम्सेमा अस्ट्रेलियाका बेन होकलाई पछि पार्दै स्वर्ण जितेका हुन् । गत संस्करणमा पनि अशोकले सोही स्पर्धामा स्वर्ण जितेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close