चीनको बेइजिङ बाट कमल फर्किए

असार ३ गते ।
अन्तर्राष्ट्रिय कुङफु महासंघको आयोजनामा चीनको बेइजिङमा भएको कुङफु ट्रेनिङ क्याम्पमा सहभागी भइ नेपाली खेलाडी कमल मगर आइतबार स्वदेश फर्किएका छन् ।

कमलले एक महिनासम्म बेइजिङ साउलिन उसु स्कुलमा प्रशिक्षण लिएका थिए । कमलले प्रशिक्षणमा धेरै कुरा सिक्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै प्रशिक्षणबाट ज्ञानलाई अन्य खेलाडीलाई पनि सिकाउने बताए ।

कमललाई उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई, महासचिव भूपेन्द्र गुरुङ, कमलका परिवारका सदस्य, खेलाडी प्रशिक्षकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

त्यसअघि नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा पनि बेइजिङमै भएको सेमिनारमा सहभागी भइ स्वदेश फर्किसकेका छन् । ५८ राष्ट्रका उमा कुङफुका पदाधिकारी सहभागी उक्त सेमिनारमा अध्यक्ष लामाले अन्तर्राष्ट्रिय उमा कुङफु महासंघका अध्यक्ष फु बियाओसंग पनि भेट गरेका थिए ।

भेटका अवसरमा अध्यक्ष लामाले आगामी दिनमा १० खेलाडीलाई चीनमा प्रशिक्षणका लागि पठाउने विषयमा कुराकानी भएको जानकारी गराए । अन्तर्राष्ट्रिय कुङफु महासंघले अध्यक्ष लामालाई नेपाल च्याप्टरको अध्यक्षमा पनि मनोनित गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close