पोखरा म्याराथनमा जोडियो रोटरी, रोटरी डिस्ट्रिक्ट ३२९२ संग तीन वर्षे सम्झौता

रोटरीले म्याराथन मार्फत पोलियोको जनचेतना जगाउने

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक अभियानमा कार्यरत देशभर छरिएर रहेका रोटरी क्लवहरुको छाता संस्था रोटरी डिस्ट्रीक्ट ३२९२ बिच सम्झौता भएको छ ।

रोटरी डिस्ट्रिक्ट ३२९२ ले पोखरा म्याराथनलाई सह प्रायोजकको रुपमा तीन वर्ष सम्म सहकार्य गर्न सम्झौता गरेको हो । सामाजिक अभियानमा कार्यरत संस्था मध्ये पोखरा म्याराथनलाई सहकार्य गर्ने पहिलो संस्था रोटरी डिस्ट्रिक्ट ३२९२ बनेको छ । सम्झौता भए संगै रोटरी डिस्ट्रिक्ट ३२९२ ले पोखरा म्याराथन सम्पन्न गर्न हरेक वर्ष नगद रु २ लाख प्रदान गर्ने भएको छ ।

मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली र रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्र प्रसाद धोजुले शनिबार पोखरामा आयोजित एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता संगै देशभरका रोटरीयनहरु पोखरा म्याराथनमा समेत् सहभागिता जनाउने  छन् । रोटरी ३२९२ मा प्राप्त नेपालमा १५४ भन्दा बढि रोटरी क्लवहरुको आवद्धता रहेको छ ।

१५४ क्लवमा रोटरी, रोटरियन, इन्ट्रयाक्ट गरी करिव २१ हजार भन्दा सदस्यहरु आवद्ध रहेको एसिटेन्ट गर्भनर पुरन कुँवरले जनाएका छन् । उनले पोखरा म्याराथन संग सम्पर्क व्यक्तिको रुपमा कार्य गर्नेछन् । नेपालका १५६ क्लवका आवद्ध सबै सदस्यहरु फागुन ५ गते पोखरा आउने छन् भने साउथ इष्ट एसियाका आर आई डाइरेक्टर समेत पोखरा आउने तयारी छ । संसारभर १८० वटा देशका रोटरी डिस्ट्रिक्टका विच समेत पोखरा म्याराथनको सन्देश पुग्ने कुँवरले पोखरा स्पोर्टसलाई बताए  ।

सो अवसरमा मञ्चका अध्यक्ष पराजुलीले पोखरा अन्तर्राष्ट्रिय म्याराथन सँग जोडिएकोमा धन्यवाद ज्ञापन गर्दै उनले रोटरी सामाजिक संस्था भएको र सामाजिक संस्था जोडिदा म्याराथनलाई थप ब्राण्डिङ र प्रवर्द्धन गर्न टेवा पुग्ने विश्वास रहेको सुनाए । म्याराथनलाई भव्य बनाउन सह–प्रायोजकको रुपमा मात्रै नभई रोटरी खेलकुदमार्फत अभियानमा जोडिनु महत्वपूर्ण रहेको उल्लेख गरे ।

निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्च र म्याराथनको बारेमा जानकारी दिंदै रोटरी सँगको समन्वय महत्वपूर्ण रहेको बताए । रोटरी क्लव अफ पोखरा फिसटेलका पूर्व अध्यक्ष समेत रहेका गुरुङले रोटरी अभियानको क्षेत्र फराकिलो रहेकोले यो सम्झौताले नेपाली खेलकुद संगै पोखरा म्याराथनलाई भव्य रुपमा सम्पन्न गर्न आर्थिक, नैतिक र भौतिक रुपमा ठूलो सहयोग पुग्नेमा विश्वास लिएको बताए ।

रोटरी डिस्ट्रीक ३२९२ का गभर्नर राजेन्द्र प्रसाद धोजुले खेलकुदमा प्रतिष्ठित संस्था भुतपुर्व खेलाडी मञ्चसँग जोडिन पाउनु ठूलो उपलब्धि रहेको सुनाउँदै रोटरीले सामाजिक कार्य गर्दै आइरहँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत जोडिन पाउँदा थप उचाई बढेको उनले बताए ।

रोटरीले विश्वभर पोलियोको विषयमा जनचेतना फैलाउने काम गरेको र म्याराथनमा समेत पोलियोकै जनचेतना फैलाउने गरी अघि बढ्ने बताउँदै रोटरीले आगामी फागुनमा हुने पोखरा सम्मेलन गर्न लागेको र देशभरका रोटरीयन पोखरा आउने भएकाले ठूलो समुह प्रतियोगितामा उपस्थिति गराउने प्रतिबद्धता व्यक्त गरे । मञ्चसँगको सम्बन्धलाई आगामी वर्षहरुमा निरन्तरता दिदैँ उनले देशभर रहेका रोटरी क्लबहरुमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रचार गर्ने समेत बताए ।

मञ्चका द्वितीय उपाध्यक्ष खेम गुरुङले दुई संस्थाबिचको सम्झौताले एक आपसमा सहयोग आदान प्रदान हुने बताउँदै म्याराथनलाई सफल बनाउन थप इट्टा थप्ने काम भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close