सुमिना र सुष्मा वर्ल्ड बक्सिङ च्याम्पियनशिपमा छनोट

पोखरा स्पोर्टस । सुमिना खड्का आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनशिपका लागि ६० केजी तौल समूहमा बुधवार छनोट भएकी छन् ।

आरडीएस क्लबकी सुमिनाले बक्समाण्डौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डको खेलमा अंकका आधारमा ४–१ ले हराउदै छनोटमा परिकी छन । नेपाल बक्सिङ संघले आयोजना गरेको छनोट प्रतियोगिताको ४८ केजी तौल समूहमा नक्शालकी सुष्मा तामाङ मंगलवारनै झापाकी सुस्मिता राईलाई अंकका आधारमा ३–२ को स्कोरमा हराउँदै छनोट भएकी थिईन् ।

आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म संचालन हुनेछ । छनोटका अवसरमा लामो समय सम्म राष्ट्रिय खेलकुद परिषद्मा बक्सिङ प्रशिक्षकको रुपमा कार्यरत रहि गतबर्ष उमेरहदका कारण अनिवार्य अवकास पाएका शम्भु विकलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बरिष्ठ उपाध्यक्ष अर्जुनवहादुर केसीलगायतले स्वास्थ्य लाभको कामना गदै दोसर्ला उडाएर सम्मान गरेका थिए । बिक नर्भिक अस्पतालमा उपचार गरेर स्वास्थ्य लाभ लिईरहेका छन् ।
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close