सिरिज क्लीनस्वीपको दाउमा नेपाल, वेस्ट इन्डिजविरुद्धको तेस्रो खेल आज

पोखरा स्पोर्ट्स । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी टी-२० सिरिजको अन्तिम खेल आज हुदैछ । युएईको शारजाह क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज राति ८: १५ बजेदेखि शुरु हुने छ ।

नेपालले सिरिजका दुवै खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेल १९ रनले र दोस्रो खेल ९० रनले जितेको थियो ।

अब सिरिजको अन्तिम खेल जितेर नेपालले क्लीन स्वीपको दाउमा रहेको छ भने वेस्ट इन्डिजले सान्त्वना जितको खोजि गर्ने छ । नेपालले टेस्ट खेल्ने देशमाथि लगातार दुई खेलमा जित हासिल गरेर ऐतिहासिक सफलता हासिल गरेको छ ।

यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम युएई पुगिसकेको छ । नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् ।

त्यस्तै नेपाल विरुद्धको सिरिजमा खेल्न वेस्ट इन्डिजले अकील होसेनको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । वेस्ट इन्डिजको टिममा अकिल हुसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयू, अकिम अगस्टे, नविन बिदाइसे, जेदिया ब्लेड्स, केसी कार्टी, करीमा गोरे, जेसन होल्डर, अमिर जांगो, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमन्ड्स र शमर स्प्रिंगर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close