दृष्टिविहिन महिलालाई आत्मरक्षा तालिम

पोखरा स्पोर्टस । फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालद्वारा आयोजित आत्मरक्षा ५ दिने तालिम काठमाडौमा सम्पन्न भएको छ । तालिममा पूर्ण/आंशिक दृष्टिविहीन भएका ११ महिला सहभागी भएका थिए ।

सहभागीहरुलाई फाइट ब्याकका प्रमुख प्रशिक्षक उद्धव थापा मगरले आत्मरक्षा सम्बन्धी विभिन्न कला सिकाएका थिए । मगर नेपाल उमा कुङफु संघका पूर्व अध्यक्ष एवं वर्तमान सहायक प्रमुख प्रशिक्षक हुन् । दृष्टिविहीनहरुले पनि कसैबाट असुरक्षित महसुश गर्दा आफ्नो रक्षा आफै गर्न सक्छन् भन्ने आत्मविश्वास बढाउन तालिम सञ्चालन गरिएको मगरले बताए ।

सन् २०१३ देखि आत्मरक्षा सम्बन्धी तालिममा संलग्न मगरले देशका विभिन्न जिल्लामा पनि आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिसकेका छन् । हालसम्म करिब २५ हजारलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिसकेको मगरले जानकारी गराए । उक्त तालिम कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गर्दै सुरक्षित उपाय अपनाएर तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close