
पोखरा स्पोर्टस । लमजुङ्गको वेसीशहरमा जारी २९ औं सस्करणको त्रिवेणी कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबारको खेलमा वुद्ध युवा क्लवका विदेशी खेलाडी फाकुल्ने अवायोनीको ह्याट्रिक गरेका छन् ।
वेशीशहर स्थित सहजी खेल मैदानमा जारी प्रतियोगितामा वुद्ध युवा क्लवले घन पोखरा यूवा क्लव माथी ५–० को सहज जित निकालेको हो । खेलमा वुद्धका अवायोनीले खेलको २५, ४० र ७६ औं मिनेटमा गोल गरेका गरेका थिए । वुद्धका लागि सुनिल श्रेष्ठले खेलको ३० औं मिनेटमा र सन्दिप रानाले ४६ औं मिनेटमा टिमका लागि गोल गरे ।
यसै गरी एक अर्को खेलमा वेसीशहर यूवा क्लव विजयी भएको छ । स्थानिय वेसीशहरले अन्नपूर्ण युवा क्लवलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलमा मनोज गुरुङले टिमका लागि खाता खोलेका थिए । यस्तै दिपेश श्रेष्ठले खेलको दोश्रो हाफको ५७ औं र धरमराज पौडेलले ७६ औं मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख प्राप्त गर्ने उक्त प्रतियोगितामा १८ टिमको सहभागिता रहेको त्रिवेणी यूवा क्लवका संस्थापक सदस्य बासु वराल (दिवाकर)ले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
